१८ पुस, अनिल नेपाली अर्घाखाँची । सन्धिखर्क नगरपालिका नगर प्रमुख कमल प्रसाद भुसालले नगरपालिकाले जेष्ठ नागरिकको भनाईलाई आत्मसाथ गरेर अगाडि बढ्ने बताउनुभएको छ । सन्धिखर्क नगरपालिका वडा न ७ ले आज आयोजना गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई सम्वोधन गदै नगर प्रमुख भुसालले यस्तो बताउनुभएको हो ।
भुसालले जेष्ठ नागरिक आफुहरुको अभिभाबक भएकोले नगरपालिकाले अभिभाबकको भनाई अनुसरक्षण गरेर नगरको विकासमा लागेको बताउनुभएको थियो ।
कार्यक्रम वडा न ७ का अध्यक्ष प्रितम बहादुर थापाको अध्यक्षता वडा सचिब रमा आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा कार्यापालिका सदस्य बसन्ता केसी वडा सदस्य रामलाल खनाल लगायतको सहभागिता रहेको थियो ।

























