२५ माघ २०८१, शुक्रबार
२५ माघ २०८१, शुक्रबार

सिहदरबारको अघिकार जनताको बीचमा आयोः आचार्य

Workplace


अनिल नेपाली, अर्घाखाँची । लुम्विबी प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यले सिहदरबारको अघिकार जनताको बीचमा आएको बताउनुभएको छ । मगलबार मालारानी गाउँपालिकाको प्रशासकिय भवनको एक कार्यक्रमका बीचमा उद्घाटन गदै अर्घाखाँची प्रदेस सभाका सांसद तथा पुर्व प्रदेश मन्त्री समेत रहनुभएका चेतनारायण आचार्यले यस्तो बताउनुभएको हो आचार्यले मालारानी गाउँपालिकाले विकास निर्माणको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताउदै उहाँले तोकिएकै समयमा सुविधा सम्पन्न भवन निर्माण गर्न सफल भएको बताउँदै सरल र सहज सेवा प्रदान गर्न जनप्रतिनिधि तथा कर्मचारीलाई सुझाव दिदै संघीयताले सिंह दरवारको अधिकारलाई गाउँ तहसम्म ल्याएको अनुभुति दिलाएर काम गर्नुपर्ने समेत आग्रह गरे साथै नेता आचार्यले आगामी दिनमा प्रदेश सरकारबाट खानेपानी, सडक, कृषि, विभिन्न विकासका निर्माणका लागि बजेट भित्राउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।खनदह बजार नजिकै निर्माण भएको प्रशासकिय भवन करसहित ३ करोड २८ लाख, २ हजार, नौ सय सन्ताउन्न रुपैयाँमा सम्पन्न भएको हो । भवनको जयमाता इन्जिनियरिङ्ग कन्स्ट्रक्सन लिमिटेड र खाँची निर्माण सेवा काठमाण्डौले जिम्मा पाएको थियो ।भवन उद्घाटन कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बि.क., धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल, प्रमुख जिल्ला अधिकारी हरी प्रसाद घिमिरे, पत्रकार महासंघ जिल्ला अध्यक्ष अशोक खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।यसअघि सांसद आचार्यले गाउँपालिकाले निर्माण गर्न लागेको भागिरथि स्मृति प्रतिष्ठान केन्द्रको शिलान्याश गर्नुभयो भने जडिबुटी संकलन केन्द्र र नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन समेत गर्नुभएको थियो । गाउँपालिकाका योजना अधिकृत नेत्र प्रसाद खनालले प्रशासकीय भवन निर्माण गर्न लागेको बजेटका बारेमा प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका सबै वडाका वडाध्यक्ष, विभिन्न राजनीतिक दलका नेता, सञ्चारकर्मी, पालिकावासि तथा कार्यालयका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रम गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यको अध्यक्षता, उपाध्यक्ष प्रमिला क्षेत्रीको स्वागत मन्तव्य र प्राविधिक हरीसचन्द्र पाण्डे सञ्चालनमा सम्पन्न भएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै