
डोटी ।
सुदूरपश्चिमका पहाडी जिल्लामा १० दिन देखि औषधिको अभाव देखिएको छ ।
बाढीपहिराले राजमार्ग बगाउनाका साथै अत्यावश्यक सामग्रीहरु औषधि ढुवानी गर्न नसकेका कारण जिल्ला लगायतका अछाम र बाजुरामा औषधिको अभाव भएको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य कार्यालयका अनुसार अस्पतालको फार्मेसीमा औषधि सकिएको छ, निजी मेडिकलमा पनि छैन भन्ने खबर आएको छ, अबको एक दुई दिनमै ढुवानी नभए सम्म औषधिको समस्या हुने देखिन्छ र ठुलो समस्या उत्पन्न हुने छ ।