२७ चैत्र २०८२, शुक्रबार
२७ चैत्र २०८२, शुक्रबार

तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै धर्ना

अनिल नेपाली , अर्घाखाँची ।

विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट अर्घाखाँचीले तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै धर्ना तथा कोणसभा सम्पन्न गरेको छ ।

सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न दिन जिल्ला प्रशासन कार्यालय गेट अगाडि आज धर्ना दिएको हो ।

नेकपाले जिल्ला प्रशासन कार्यालय अगाडिबाट ब्यानरसहितको कोणसभा र धर्ना कार्यक्रम गरेको थियो। धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सदस्य नवीन खड्काले विनासर्त सम्पूर्ण नेताकार्यकर्तालाई रिहा गर्न नेपाल सरकारलाई आग्रह गरे ।

गैरकानुनी रुपमा पार्टीमाथि प्रतिबन्ध लगाएर तत्कालिन ओली सरकारले दमन गरेको भन्दै पक्राउ परेका सम्पूर्ण नेताकार्यकर्तालाई रिहा गर्न खड्काले माग गरे । खड्काले दार्चुलामा तुहिन काटेर हत्या गरेको बिषयमा सरकार मुकदर्शक भनेको र जनताको सुरक्षा बारे बोल्न नसक्ने सरकार जनपक्षीय नहुने बताउँदै उनले अमेरिकी सहयोग एमसिसी खारेजीको समेत माग गरे ।

सरकारसँग सहमति भएको लामो समय भइसक्दा पनि नेता कार्यकर्ता नछोडेको भन्दै नेकपाले धर्ना कार्यक्रमको आयोजना गरेको खड्काले बताए। कार्यक्रमको सञ्चालन गरेका खड्काले पाठक सहमति कार्यान्वयन नभए सरकारले जस्तोसुकै मुल्य चुकाउन तयार हुनुपर्ने चेतावनी दिए।

गत फागुन २१ गते नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लवले नेतृत्वको नेकपाबीच ३ बुदेँ सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै