अशोजसम्म सरकारले ४ खर्ब ऋण उठाउने

समाचार सारांश
Auto Generated by AI
  • सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक खर्ब आन्तरिक ऋण उठाउने भएको छ।
  • सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वर्षभरिमा जम्मा ४ खर्ब १० अर्ब ऋण उठाइनेछ।
  • सरकारले ट्रेजरी बिल, विकास ऋणपत्र र विभिन्न बचतपत्रमार्फत चरणबद्ध रूपमा ऋण उठाउने योजना बनाएको छ।
काठमाण्डौ — सरकारले चालु आर्थिक वर्षको तीन महिना अर्थात साउन, भदौ र अशोजमा एक खर्ब ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तय गरेको ऋणको तालिका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले एक खर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको ऋण तालिका अनुसार चालु आर्थिक वर्षमा सरकारले ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउनेछ । पहिलो त्रैमासमा सरकारले ट्रेजरी बिलमार्फत १० अर्ब र विकास ऋणपत्रमार्फत ९० अर्ब रुपैयाँ ऋण उठाउने तयारी गरेको हो ।

त्यस्तै, दोस्रो त्रैमासमा सरकारले ट्रेजरी बिलमार्फत १० अर्ब, विकास ऋणपत्रमार्फत ८० अर्ब, नागरिक बचतपत्रमार्फत २ अर्ब ५० करोड र वैदेशिक रोजगार बचतपत्रमार्फत ५० करोड ऋण उठाउनेछ ।

तेस्रो त्रैमासमा ट्रेजरी बिलमार्फत ३० अर्ब र विकास ऋणपत्रमार्फत ९० अर्ब तथा चौथो त्रैमासमा ट्रेजरी बिलमार्फत ५४ अर्ब, विकास ऋणपत्रमार्फत ४० अर्ब, नागरिक बचतपत्रमार्फत २ अर्ब ५० करोड र रोजगार बचतपत्रमार्फत ५० करोड रुपैयाँ ऋण उठाइने सरकारको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

यस पटक भिटामिन ‘ए’ र जुकाको औषधि कात्तिक १७–१८ मा खुवाउने

धन्चौरमा एक लाख राशिको क्रिकेट प्रतियोगिता हुँदै, तयारी तीव्र

धन्चौर देउरालीमा त्रयोदशीका दिन भव्य सराय नाच हुने

मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज पनि चल्दै

चितवनको इच्छाकामनामा भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा

- Advertisement -spot_img
-Advertisement-spot_img