अशोजसम्म सरकारले ४ खर्ब ऋण उठाउने

समाचार सारांश
Auto Generated by AI
  • सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक खर्ब आन्तरिक ऋण उठाउने भएको छ।
  • सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वर्षभरिमा जम्मा ४ खर्ब १० अर्ब ऋण उठाइनेछ।
  • सरकारले ट्रेजरी बिल, विकास ऋणपत्र र विभिन्न बचतपत्रमार्फत चरणबद्ध रूपमा ऋण उठाउने योजना बनाएको छ।
काठमाण्डौ — सरकारले चालु आर्थिक वर्षको तीन महिना अर्थात साउन, भदौ र अशोजमा एक खर्ब ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तय गरेको ऋणको तालिका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले एक खर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको ऋण तालिका अनुसार चालु आर्थिक वर्षमा सरकारले ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउनेछ । पहिलो त्रैमासमा सरकारले ट्रेजरी बिलमार्फत १० अर्ब र विकास ऋणपत्रमार्फत ९० अर्ब रुपैयाँ ऋण उठाउने तयारी गरेको हो ।

त्यस्तै, दोस्रो त्रैमासमा सरकारले ट्रेजरी बिलमार्फत १० अर्ब, विकास ऋणपत्रमार्फत ८० अर्ब, नागरिक बचतपत्रमार्फत २ अर्ब ५० करोड र वैदेशिक रोजगार बचतपत्रमार्फत ५० करोड ऋण उठाउनेछ ।

तेस्रो त्रैमासमा ट्रेजरी बिलमार्फत ३० अर्ब र विकास ऋणपत्रमार्फत ९० अर्ब तथा चौथो त्रैमासमा ट्रेजरी बिलमार्फत ५४ अर्ब, विकास ऋणपत्रमार्फत ४० अर्ब, नागरिक बचतपत्रमार्फत २ अर्ब ५० करोड र रोजगार बचतपत्रमार्फत ५० करोड रुपैयाँ ऋण उठाइने सरकारको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

- Advertisement -spot_img
-Advertisement-spot_img