
- अण्डाको माग बढेपछि नेपाल लेयर्स कुखुरापालक सङ्घले मूल्य वृद्धि गरेको छ।
- बर्डफ्लु र रोगका कारण उत्पादन घटेपछि अण्डाको नयाँ समर्थन मूल्य तोकिएको हो।
- लागत मूल्य बढे पनि किसानले अझैसम्म उचित मूल्य पाउन नसकेको गुनासो गरेका छन्।
काठमाण्डाै – अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य पनि बढाएका छन् ।
नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) ५६०, ठूलो अण्डा ५४५, मध्यमको ५०० र सानो प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य तीन हजार रुपैयाँ कायम गरिएको छ । सङ्घका अध्यक्ष विनोद पोखरेलले बर्डफ्लुको सङ्क्रमण हटेको र सङ्क्रमबाट धेरै कुखुरा मरेसँगै उत्पादन घटेको बताउनु भयाे ।
अहिले बजारमा अण्डाको माग बढेको छ । माग बढेसँगै अण्डाको मूल्य पनि बढेको हो । मूल्य बढे पनि किसानले लागत मूल्य अहिले पनि पाउन नसकेको पोखरेलको भनाइ छ ।
अण्डाको लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्ने उहाँ बताउनुहुन्छ । पछिल्लो समय उत्पादन घट्नु, कुखुरामा रोग लाग्नुलगायत कारणले आफूहरु मर्कामा परेको किसानको गुनासो छ ।


























