संसद्मा रास्वपाका १८२ सांसद तर हिजो गणपूरक संख्या नै पुगेन

समाचार सारांश
Auto Generated by AI
  • प्रतिनिधिसभाको बैठकमा आवश्यक गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भयो।
  • सांसदहरू हाजिर गरेर बाहिरिएका कारण बैठकमा ६१ जना मात्र उपस्थित थिए।
  • संवैधानिक प्रावधान अनुसार बैठक सञ्चालनका लागि ६९ जना सांसद अनिवार्य चाहिन्छ।

काठमाण्डौ – प्रतिनिधिसभामा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १८२ सांसद छन् ।

तर हिजो मंगलबार प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेर स्थगित भयो । खानीसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने कार्यसूची थियो । यो प्रस्ताव पेश गर्ने बेलामा प्रतिनिधिसभामा सांसदको गणपूरक संख्या नै पुगेन ।

नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रतिनिधिसभा बैठकमा गणपूरक संख्यामाथि प्रश्न उठाउँदै गणना गर्न आग्रह गर्नुभएको थियो । गणपूरक संख्या नपुगेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक नै स्थगित गर्नुपर्यो ।

सांसदहरू हाजिर गरेर ‘टाप’ कस्दा यस्तो अवस्था आएको हो । गएको फागुन २१ मा भएको चुनावबाट रास्वपाले झण्डै दुईतिहाइ मत प्राप्त गरेपछि प्रतिनिधिसभामा गणपूरक संख्या नपुगेको हिजो पहिलोपटक हो ।

संविधानको धारा ९४ अनुसार प्रतिनिधिसभामा गणपूरक संख्या पुग्न ६९ सदस्य उपस्थित हुनुपर्छ । हिजो ६१ सांसद मात्रै उपस्थित थिए । तर हिजो बैठकको शुरुआतमा २२० भन्दा धेरै सांसद उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा

घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइने

- Advertisement -spot_img
-Advertisement-spot_img