संसद्मा रास्वपाका १८२ सांसद तर हिजो गणपूरक संख्या नै पुगेन

समाचार सारांश
Auto Generated by AI
  • प्रतिनिधिसभाको बैठकमा आवश्यक गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भयो।
  • सांसदहरू हाजिर गरेर बाहिरिएका कारण बैठकमा ६१ जना मात्र उपस्थित थिए।
  • संवैधानिक प्रावधान अनुसार बैठक सञ्चालनका लागि ६९ जना सांसद अनिवार्य चाहिन्छ।

काठमाण्डौ – प्रतिनिधिसभामा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १८२ सांसद छन् ।

तर हिजो मंगलबार प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेर स्थगित भयो । खानीसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने कार्यसूची थियो । यो प्रस्ताव पेश गर्ने बेलामा प्रतिनिधिसभामा सांसदको गणपूरक संख्या नै पुगेन ।

नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रतिनिधिसभा बैठकमा गणपूरक संख्यामाथि प्रश्न उठाउँदै गणना गर्न आग्रह गर्नुभएको थियो । गणपूरक संख्या नपुगेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक नै स्थगित गर्नुपर्यो ।

सांसदहरू हाजिर गरेर ‘टाप’ कस्दा यस्तो अवस्था आएको हो । गएको फागुन २१ मा भएको चुनावबाट रास्वपाले झण्डै दुईतिहाइ मत प्राप्त गरेपछि प्रतिनिधिसभामा गणपूरक संख्या नपुगेको हिजो पहिलोपटक हो ।

संविधानको धारा ९४ अनुसार प्रतिनिधिसभामा गणपूरक संख्या पुग्न ६९ सदस्य उपस्थित हुनुपर्छ । हिजो ६१ सांसद मात्रै उपस्थित थिए । तर हिजो बैठकको शुरुआतमा २२० भन्दा धेरै सांसद उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

यस पटक भिटामिन ‘ए’ र जुकाको औषधि कात्तिक १७–१८ मा खुवाउने

धन्चौरमा एक लाख राशिको क्रिकेट प्रतियोगिता हुँदै, तयारी तीव्र

धन्चौर देउरालीमा त्रयोदशीका दिन भव्य सराय नाच हुने

मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज पनि चल्दै

चितवनको इच्छाकामनामा भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा

- Advertisement -spot_img
-Advertisement-spot_img