नेपालका बैंक तथा वित्तीय संस्थाको अवस्था अहिले दक्षिण एसियामै सुरक्षित : गभर्नर अधिकारी

काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय क्षेत्रमाथिको अराजकता तत्काल नरोकिए कर्जा प्रवाहको वृद्धि र माग बढ्न नसक्ने चेतावनी दिनुभएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिकाे आजकाे बैठकमा गभर्नर अधिकारीले बैैंक तथा वित्तीय संस्थाविरुद्ध भइरहेको अराजक गतिविधि तत्काल सरकारले रोक्नुपर्नेमा जोड दिनुभयो । उहाँले बैंक तथा वित्तीय संस्थाविरुद्ध भइरहेको अराजक गतिविधिले बैंकिङ प्रणालीको मनोबल गिराउने काम गरिरहेको दाबी गर्नुभयो ।

गभर्नर अधिकारीले बैंकका कर्मचारीहरूलाई मोसो दल्ने लगायतका हर्कत गर्ने समूहलाई सरकारले तत्कालै कानुनी कारबाही गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले बैंकिङ उद्योगलाई धराशायी बनाउने गरी राजनीतिसमेत जोडिएको आशङ्का व्यक्त गर्नुभयो । उहाँले राजनीतिकरूपमा व्यक्तिगत उद्देश्य परिपूर्ति गरी बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाउने गरी आक्रमण भइरहेको बताउनुभयो । उहाँले अर्थतन्त्र कमजोर बनाएर व्यक्तिगत स्वार्थपूर्ति गर्ने दाउमा अराजक गतिविधि भइरहेको बताउनुभयो ।

गभर्नर अधिकारीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकर्सहरूलाई पक्राउ गरेको सन्दर्भमा अन्य बैंकर्सहरू आतङ्कित हुनुपर्ने अवस्था नभएको जिकिर गर्नुभयाे । उहाँले सीआईबीसँग राष्ट्र बैंकले बैंकका कर्मचारी पक्राउ सम्बन्धमा सोधपुछ गर्दा सहकारीको अनुसन्धानको क्रममा पक्राउ गरिएको बताएको जानकारी दिनुभयो ।

गभर्नर अधिकारीले नेपालको बैंक वित्तीय संस्थाको अवस्था अहिले दक्षिण एसियामा नै सुरक्षित र पारदर्शी रहेको दाबी गर्नुभयो । उहाँले बचतकर्ताहरूले बचत गरेको निक्षेपभन्दा बैंकहरूसँग तीन गुणा बढी सम्पत्ति रहेकाले डराउनुपर्ने अवस्था नभएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने

नयाँ प्रणालीबाट लाइसेन्स छाप्न शुरू

२०औँ एशियाली खेलकुद औपचारिक उद्घाटन

नेपाली कांग्रेस भूमिकास्थान–१० धन्चौरको १५औँ वडा अधिवेशन सम्पन्न

- Advertisement -spot_img
-Advertisement-spot_img