तत्काल हिउँदे वर्षाको सम्भावना कम

जनकपुरमा हिजो उच्चतम तापक्रम ३० दशमलव ५ डिग्री सेल्सियस, विराटनगरमा २७ दशमलव ८ डिग्री, धरानमा २६ दशमलव ८ डिग्री, भैरहवामा २६ दशमलव ६ डिग्री र नेपालगञ्जमा २६ डिग्री सेल्सियस मापन भएको छ । आज बिहान काठमाण्डौकाे न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस छ । गएको बिहीवार काठमाण्डौमा यस सिजनकै अहिलेसम्मको सबैभन्दा कम न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो ।

सामान्यतया मंसिर १६ गतेदेखि फागुन १७ गतेसम्मलाई हिउँदे वर्षाको समय मानिन्छ । तर, पुसको मध्य हुनै लाग्दा पनि पानी पर्न सकेको छैन । कतैकतै छिटपुटबाहेक पानी नपरेको र चिसो ल्याउने पश्चिमी वायु पनि नरहेको हुँदा मौसम सुक्खा भएको मौसमविद् सरोज पुडासैनीले बताउनुभयो । तत्काललाई पानी पर्ने सम्भावना नरहेको उहाँको भनाइ छ ।

नेपालमा हिउँदको समयमा वर्षा गराउने प्रमुख भूमिका पश्चिमी वायुको हुन्छ । तर अहिले उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । अबको तीन दिन शनिवारसम्म नै पानी र हिमपातको सम्भावना छैन ।

आज देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रही बाँकी ठाउँमा सामान्यतया सफा नै रहेको छ । जनवरी पहिलो हप्ता अर्थात् आउँदो सोमवारदेखि पानी पार्ने प्रणाली भित्रिन सक्ने मौसमविद्को अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै