अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले हरेक वर्ष ४० जनालाई कृषिमा डिप्लोमा पढाउने

प्रेमनारायण आचार्य अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधि शपथ ग्रहण गर्दै पदभार सम्हालेका छन् ।

मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठलाई शपथ ग्रहण गराउनुभयो, पछि अध्यक्षबाट पालिका उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यले शपथ ग्रहण गरे ।

पदभार सम्हाल्दै गाउँपालिका अध्यक्ष श्रेष्ठले प्रत्येक वर्ष ४० जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा कृषि विषयमा डिप्लोमा अध्ययनको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै उहाँले गर्भवती, सुत्केरी र विपन्न नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, न्यूनतम विद्युत् उपभोग गर्ने घरधुरीमा निःशुल्क विद्युतको व्यवस्था मिलाउने, वर्षमा कम्तीमा एक पटक निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने लगायतका प्रतिबद्धता पनि जनाउनुभयो ।

गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको शपथसहित पूर्व जनप्रतिनिधिको बिदाइ कार्यक्रम सँगै आयोजना गरिएको हो ।

नवनिर्वाचित जनप्रतिनिधि शपथ ग्रहण गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

संघर्षबाट सफलताको शिखरसम्म: तेजकुमारी र उषाको प्रेरणादायी यात्रा

विश्वकप फुटबलमा ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img