प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा अनियमितता भएको भन्दै बुझाए ज्ञापनपत्र

विक्रम आचार्य , अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका अन्तरगत वडा नं. ६ मा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा लाखौको अनियमितता भएको भन्दै विभिन्न राजनितिक दलद्वारा हिसाब कितावको माग गर्दै वडा कार्यलयमा ज्ञापन पत्र बुझाएका छन् । ३ दलका प्रतिनिधिहरुले वडा सचिव हिमलाल भुसाललाई ज्ञापन पत्र बुझाएका हुन्

आर्थिक बर्ष २०७७/०७८ को प्रधानमन्त्री स्वरोजगार कार्यक्रम योजना समय मै काम सुरु नहुनु अन्तिम समयमा काम सुरु गर्ने अव्यवस्थित तबरले काम गराईनु, सुचिकृत कामदारले २/४ दिनको काम पाउनु बाँकि पैसा समितिलाई दिनुपर्ने व्यापक जनगुनाशो आएकोले आम जनतालाई चित्त बुझ्ने हिसाब किताब माग गरेको ज्ञापन पत्रमा उल्लेख छ । हाम्रो वडाको बजेट पारदर्शी हुनुपर्दछ भन्दै ज्ञापन पत्र बुझाएको नेपाली कांग्रेसका नगर कार्यसमिति सह-सचिव चन्द्र रेश्मीले रातो प्रेसलाई बताए ।

१ सय दिन काम दिएर दैनिक प्रतिदिन ५ सय १७ का दरले ज्याला भुक्तानी दिनु पर्ने प्रावधान रहेको भएतापनि ४ देखि १५ दिन मात्र काममा लगाएको जन गुनासो आएपछि बाध्य भएर ज्ञापन पत्र बुझाउन परेको नेकपा एकिकृत समाजबादी निकट पुपिल्स भोलेन्टियर्सका जिल्ला उपाध्यक्ष शुशिल भट्टराईले बताए ।

यस वडा नं. ६ बाट ४७ जनाको नाम छनौटमा थियो भने उनीहरुले कमसेकम १ सय दिन बराबरको काम पाई केही राहात पाउने उनीहरूको भनाई छ । समयमा काम सुरु नगर्ने अन्तिममा भद्रगोल तरिकाले काम गर्ने नियत नै गलत भएको प्रष्ट हुने भन्दै त्यसको भर्सना गरेका छन ।

प्रधानमन्त्रि स्वरोजगार कार्यक्रम अन्तरगतको हिसाब सार्वजनिक गर्न माग गरेको र त्यसो नगरे कडा रूपमा प्रस्तुत हुने माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष ढुनवहादुर गाहाले बताए ।

नगरपालिका अन्तर्गत प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सञ्चालन गरि बाटो खनाउने काम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै