क्यालिफोर्नियामा सन् २०१४ यताकै शक्तिशाली भूकम्प

समाचार सारांश
Auto Generated by AI
  • अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
  • भूकम्पले घरभित्रका सामान खसे पनि मानवीय वा ठूलो भौतिक क्षति भएको छैन।
  • अधिकारीहरूले सुरक्षा जाँच गरी आपतकालीन कार्यविधिहरू हटाएर नियमित सेवा सुरु गरेका छन्।

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प गएको छ ।

शनिबार बिहान लस एन्जलस र आसपासका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्पका कारण धेरै घरभित्रका सामानहरू भुईँमा खसेको थियो । यद्यपि, हालसम्म कुनै घाइते भएको वा सम्पत्तिमा ठूलो क्षति पुगेको कुनै खबर छैन ।

युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेका अनुसार, भूकम्पको केन्द्रबिन्दु लस एन्जलस सहरको दक्षिण–पश्चिममा पर्ने म्यानह्याटन बिचबाट करिब पाँच किलोमिटर टाढा थियो ।

अधिकारीहरूका अनुसार, सन् २०१४ यता यस क्षेत्रमा गएको यो सबैभन्दा शक्तिशाली भूकम्प हो ।

भूकम्पपछि लस एन्जलस दमकल विभागले सावधानीका उपायस्वरूप आपतकालीन कार्यविधिहरू लागू गरेको छ । भवनहरू र अन्य महत्त्वपूर्ण पूर्वाधारहरूको निरीक्षण गर्न सहरका १०६ वटा दमकल केन्द्रहरूबाट कर्मचारीहरूलाई खटायो ।

यसैबीच, ठूलो क्षति वा मानवीय हताहतको कुनै खबर नभएको पुष्टि भएपछि आपतकालीन कार्यविधिहरू हटाएको र विभागले आफ्नो नियमित कामकाज पुनः सुरु गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

घुस लिएको भिडियो सार्वजनिक भएपछि दुई ट्राफिक प्रहरी निलम्बित

मुग्लिन–नारायणगढ सडक भोलिदेखि दैनिक ५ घण्टा बन्द हुने

जनकपुर–अयोध्या रेल भोलिदेखि नियमित सञ्चालन हुने, टिकट बुकिङ खुला

नेपाली सम्पर्क समिति (NCC) दक्षिण कोरियाको महासचिवमा रुद्र पौडेल मनोनीत

भूमिकास्थानमा मंसिर १६ र १७ गते नगरप्रमुख भलिबल प्रतियोगिता हुने

- Advertisement -spot_img
-Advertisement-spot_img