विराटनगर जुट मिल्स सञ्चालन लागी सरकारद्वारा आसयपत्र माग

समाचार सारांश
Auto Generated by AI
  • लामो समयदेखि बन्द रहेको विराटनगर जुट मिल्स फेरि सञ्चालनमा ल्याउने तयारी सरकारले गरेको छ।
  • सार्वजनिक–निजी साझेदारीमा उद्योग चलाउन स्वदेशी तथा विदेशी लगानीकर्तासँग ३५ दिनभित्र आशयपत्र मागिएको छ।
  • पूर्ण क्षमतामा सञ्चालन भएमा उद्योगबाट दैनिक १२५ टन उत्पादन हुनुका साथै पाँच सयभन्दा बढीले रोजगारी पाउनेछन्।

काठमाण्डौ – लामो समयदेखि बन्द रहेको देशकै पहिलो आधुनिक उद्योग विराटनगर जुट मिल्स फेरि सञ्चालनमा ल्याउने तयारी सरकारले गरेको छ ।

यसका लागि सरकारले स्वदेशी तथा विदेशी लगानीकर्तासँग आशयपत्र माग गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा जुट मिल्स सञ्चालनका लागि ३५ दिनभित्र आशयपत्र पेश गर्न आह्वान गरिएको हो ।

सार्वजनिक–निजी साझेदारी मोडेलमा उद्योग सञ्चालन गर्ने सरकारको योजना छ । जुट मिल्स सञ्चालक समितिका अध्यक्ष नन्दलाल देवकोटाका अनुसार नेपाल, भारत, बङ्गलादेश र चीनका कम्पनीले उद्योग सञ्चालनका लागि प्रस्ताव पेस गर्न सक्नेछन् ।

नेपालमा जुट उद्योग सञ्चालन गरिरहेका व्यवसायीले विदेशी कम्पनीसँग साझेदारी गरेर पनि सहभागी हुन पाउनेछन् । नयाँ लगानीकर्ताले उद्योगलाई आधुनिक प्रविधिसहित सञ्चालन गर्नुपर्नेछ । दैनिक १२५ टन जुट तथा जुटजन्य सामग्री उत्पादन गर्ने लक्ष्य छ ।

उद्योग पूर्ण क्षमतामा सञ्चालन भएमा पाँच सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ । १९९३ सालमा स्थापना भएको विराटनगर जुट मिल्स नेपालको पहिलो आधुनिक उद्योग हो । पटक–पटक बन्द हुँदै आएको यो उद्योग लामो समयदेखि सञ्चालनमा छैन ।

Screenshot
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

ताप्लेजुङको ओलाङचुङगोला केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशबीच हवाई रुट र पारवहन क्षेत्रमा महत्त्वपूर्ण तथा दूरगामी सहमति

प्रधानमन्त्री शाहको भारत भ्रमण आजदेखि : भोलि समकक्षी मोदीसँग भेटवार्ता हुने

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

- Advertisement -spot_img
-Advertisement-spot_img