मेहनत र लगनशीलताले किबी खेतीमा सफलता हासिल गर्दै विष्णु

समाचार सारांश
Auto Generated by AI
  • भारतमा लामो समय बिताएका अर्घाखाँचीका विष्णु भट्टराईले स्वदेश फर्किएर सात वर्षदेखि किबी खेतीबाट राम्रो आम्दानी गरिरहनुभएको छ।
  • उहाँको बारीमा यस वर्ष ४० क्विन्टलसम्म किबी उत्पादन भएको छ र उहाँ यसलाई थप विस्तार गर्ने योजनामा हुनुहुन्छ।
  • उत्पादन राम्रो भए पनि बिचौलियाका कारण उचित मूल्य पाउन नसकेको गुनासो गर्दै उहाँले राज्यलाई बजारीकरणमा सहयोग गर्न आग्रह गर्नुभएको छ।

हृदय भुसाल अर्घाखाँची ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धन्चौर आरिचौरका विष्णु भट्टराई यतिबेला आफ्नै माटोमा पसिना बगाउँदै किबी खेतीमा रमाइरहनुभएको छ। लामो समय रोजगारीको सिलसिलामा भारतमा बिताउनुभएका भट्टराईले गाउँमै केही गर्नुपर्छ भन्ने सोचका साथ सुरु गर्नुभएको किबी खेती अहिले आम्दानीको भरपर्दो आधार बन्दै गएको छ।
२०२५ सालमा जन्मिनुभएका भट्टराईले आफ्नो जीवनको करिब ४० वर्ष भारतमा रोजगारी गर्दै बिताउनुभयो। विदेशमा रहेर परिवारको जिम्मेवारी पूरा गर्ने क्रममा उहाँले एक छोरा मनोज र तीन छोरी बिमला, सिर्जना र मिनालाई राम्रो शिक्षा–दीक्षासमेत दिनुभयो। लामो समयको प्रवास जीवनपछि आफ्नै गाउँमा फर्किएर केही नयाँ काम गर्ने र स्वरोजगार बन्ने सोचले उहाँ कृषि कर्मतर्फ आकर्षित हुनुभयो।
सोही सोचलाई व्यवहारमा उतार्दै उहाँले सात वर्षअघि किबी खेती सुरु गर्नुभयो। सुरुमा नयाँ सम्भावनाको खोजीका रूपमा थालिएको खेती अहिले आम्दानी दिन थालेपछि उहाँको उत्साह थपिएको छ। करिब दुई रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको किबी बारीमा पुग्दा लटरम्म फलेका किबीका लहराले जोकोहीको ध्यान आकर्षित गर्छन्। उहाँको मेहनत, लगनशीलता र कृषि कर्मप्रतिको समर्पण बारीमै देख्न सकिन्छ।
यस वर्ष उहाँको बारीबाट करिब ३५ देखि ४० क्विन्टलसम्म किबी उत्पादन भएको छ। उत्पादित किबी बुटवल बजारसम्म पुर्‍याएर पटक–पटक बिक्री गर्ने गरेको भट्टराई बताउनुहुन्छ। खेतीबाट राम्रो आम्दानीको सम्भावना देखिएपछि आगामी दिनमा थप बिरुवा रोपेर खेती विस्तार गर्ने उहाँको योजना छ।
भट्टराईको यो कृषि यात्रामा उहाँकी श्रीमती तिलकुमारी भट्टराईको साथ र सहयोग पनि उत्तिकै महत्वपूर्ण रहँदै आएको छ। श्रीमान्–श्रीमती दुवैको निरन्तर मेहनत, धैर्यता र सहकार्यले किबी खेतीलाई अहिलेको अवस्थासम्म पुर्‍याएको हो। जस्तोसुकै परिस्थितिमा पनि धैर्यपूर्वक अघि बढ्ने स्वभावका भट्टराई परिवारका लागि मात्र होइन, गाउँमै कृषि उद्यम गर्न चाहनेहरूका लागि पनि उदाहरणीय पात्र बन्नुभएको छ।
तर, उत्पादन बढ्दै गए पनि बजारमा उचित मूल्य पाउन नसक्नु उहाँको मुख्य चिन्ता हो। किबी खेतीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भए पनि बिचौलियाका कारण वास्तविक किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन नसकेको उहाँको गुनासो छ। किसानले उत्पादन गरेको वस्तुको मूल्य निर्धारण र बजारीकरणमा किसानकै हितलाई प्राथमिकता दिनुपर्ने उहाँको धारणा छ।
कृषि उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने, सहज बजारको व्यवस्था मिलाउने र व्यावसायिक खेतीमा लागेका किसानलाई आवश्यक प्रोत्साहन तथा लगानी उपलब्ध गराउने जिम्मेवारी राज्यको पनि हो। मेहनत गरेर उत्पादन गर्ने किसानले नै उचित प्रतिफल पाउने वातावरण निर्माण गर्न सके मात्रै कृषि क्षेत्रमा युवादेखि अनुभवी किसानसम्मको आकर्षण बढ्न सक्छ।
करिब चार दशक प्रवासमा बिताएर आफ्नै गाउँको माटोमा सम्भावना खोज्नुभएका विष्णु भट्टराईको किबी खेती केवल आम्दानीको माध्यम मात्र होइन, यो मेहनत, धैर्यता, आत्मविश्वास र स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोचको उदाहरण पनि हो।
राज्यले भट्टराईजस्ता मेहनती किसानको पहिचान गरी उनीहरूलाई आवश्यक प्राविधिक सहयोग, अनुदान, लगानी र बजारको सुनिश्चिततासहित थप व्यावसायिक बनाउन विशेष प्राथमिकता दिन आवश्यक छ। किसानको पसिनाले उत्पादन भएको वस्तुले उचित मूल्य पाउने वातावरण बनेमा गाउँका बाँझिँदै गएका जमिनमा समेत व्यावसायिक कृषि विस्तार हुन सक्ने सम्भावना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आज, भोलि र पर्सिसम्म देशका धेरै ठाउँको मौसम सफा रहने

एनपीएलमा आज जनकपुर र सुदूरपश्चिम भिड्दै

धन्चौर पाकुमा भलिबल प्रतियोगिता सम्पन्न, सितगंगा युवा क्लब बन्यो च्याम्पियन

तिहारको चौथो दिन आज गाईपूजा गरिँदै

२ वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने सरकारको निर्णय

- Advertisement -spot_img
-Advertisement-spot_img