हृदय भुसाल अर्घाखाँची ।अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धन्चौरस्थित आरिचौर खेलमैदानमा जारी खुला क्रिकेट प्रतियोगिताको आज तेस्रो दिनका खेल बिहान ११ बजेदेखि सुरु हुने भएका छन्।
आज हुने पहिलो खेलमा प्युठान र गुल्मीका टिमबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा बुटवल र प्युठानका टिम आमनेसामने हुने सामाजिक तथा राजनीतिक व्यक्तित्व लिलबहादुर जिसीले जानकारी दिनुभएको छ।
यसअघि प्रतियोगिताको पहिलो चरणमा १० टिमले प्रतिस्पर्धा गरिसकेका छन्। पहिलो चरणका खेलबाट मालारानी टिम, आयोजक बी र सी टिम, सितगंगा टिम तथा गौचौर युवा समाजको टिम विजयी हुँदै अर्को चरणमा प्रवेश गरेका छन्।
आजका खेलहरू थप प्रतिस्पर्धात्मक र रोचक हुने आयोजक ऋषिकेश आलेले बताउनुभयो। उहाँका अनुसार प्रतियोगितामा सहभागी खेलाडीहरूको उत्साह र दर्शकको चासोले खेलमैदानमा थप रौनकता बढाएको छ।
मुनलाइट युवा क्लब र धन्चौर युवा समाजको सहकार्यमा आयोजना गरिएको प्रतियोगितामा विभिन्न क्षेत्रका टिमहरूको सहभागिता रहेको छ। स्थानीय स्तरमा क्रिकेट खेलको विकास, खेलाडीको प्रतिभा प्रस्फुटन तथा आपसी सद्भाव र खेलकुद संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
धन्चौरमा जारी खुला क्रिकेट प्रतियोगिताको आज तेस्रो दिन, प्युठान र गुल्मीबीच पहिलो प्रतिस्पर्धा हुँदै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)


























