धन्चौरमा हुने क्रिकेट प्रतियोगिता आज उद्घाटन हुँदै, नगर प्रमुख थापाले उद्घाटन गर्ने

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीको भूमिकास्थान–१० मा आजबाट एक लाख राशिको क्रिकेट प्रतियोगिता सुरु हुँदैछ।
  • नगर प्रमुख झविलाल थापाले दिउँसो १२ बजे विशेष समारोहका बीच खेलको उद्घाटन गर्नेछन्।
  • स्थानीय प्रतिभाको पहिचान र खेलकुद विकासका लागि आयोजना गरिएको प्रतियोगितामा विजेताले एक लाख र उपविजेताले ५० हजार पाउनेछन्।

हृदय भुसाल ।अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धन्चौरस्थित आरिचौर खेलमैदानमा एक लाख रुपैयाँ राशिको खुला क्रिकेट प्रतियोगिता आज विशेष कार्यक्रमका बीच उद्घाटन हुँदैछ। कार्तिक ११ गतेदेखि सञ्चालन हुने प्रतियोगिताको उद्घाटन कार्यक्रम आज दिउँसो १२ बजे तय गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्घाटन भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापाले गर्ने कार्यक्रम तय भएको छ। उद्घाटन समारोहमा भूमिकास्थान नगरपालिका–१० का वडा अध्यक्ष खगेश्वर पन्थी तथा सामाजिक एवं राजनीतिक युवा व्यक्तित्व लिलबहादुर जिसीको विशेष आतिथ्यता रहने आयोजकले जानकारी दिएको छ।
धन्चौर क्षेत्रमा क्रिकेट खेलको विकास, स्थानीय खेलाडीको प्रतिभा पहिचान तथा युवालाई खेलकुदमा आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुदको माध्यमबाट युवाबीच आपसी सद्भाव, सहकार्य र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने अपेक्षा गरिएको छ।प्रतियोगितामा विजेता टिमले नगद एक लाख रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद ५० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ। धन्चौर क्षेत्रमा यस स्तरको पुरस्कार राशिसहित खुला क्रिकेट प्रतियोगिता आयोजना हुन लागेपछि स्थानीय खेलप्रेमी तथा युवामा उत्साह थपिएको छ।
प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन आयोजकले आवश्यक तयारी पूरा गरेको जनाएको छ। खेलकुदप्रेमी, स्थानीय जनप्रतिनिधि, सामाजिक तथा राजनीतिक व्यक्तित्व, विभिन्न संघसंस्थाका प्रतिनिधि र सर्वसाधारणलाई उद्घाटन समारोहमा उपस्थितिका लागि आयोजकले आग्रह गरेको छ।
प्रतियोगिताले धन्चौरको खेलकुद विकासमा योगदान पुर्‍याउनुका साथै स्थानीय क्षेत्रको पहिचान स्थापित गर्न र आगामी दिनमा खेलकुद गतिविधिलाई थप प्रोत्साहन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

पाथीभरा मन्दिरबाट सार्वजनिक गरियो धन्चौर क्रिकेट प्रतियोगिताका विजेता र उपविजेतालाई प्रदान गरिने ट्रफी

अर्घाको रानीगैरामा राष्ट्रिय जनमोर्चाको बिशाल सांस्कृतिक जनसभा सम्पन्नः विदेशी हस्तक्षेप र संघीयताले देश संकटमा फसेको अध्यक्ष के.सी.को दाबी

मध्यपूर्वमा तनाव थप चर्कियो

भोलि र पर्सि केही ठाउँमा हल्का वर्षा, पर्सिदेखि ठूलो वर्षाको सम्भावना

यस पटक भिटामिन ‘ए’ र जुकाको औषधि कात्तिक १७–१८ मा खुवाउने

- Advertisement -spot_img
-Advertisement-spot_img