
- सरकारले कात्तिक १७ र १८ गते राष्ट्रिय भिटामिन 'ए' र जुकाको औषधि खुवाउने भएको छ।
- दसैँ बिदाका कारण नियमित समयमा सञ्चालन गर्न नसकिएपछि नयाँ मिति तय गरिएको हो।
- देखि ५९ महिनासम्मका बालबालिकालाई तोकिएको स्वास्थ्य केन्द्रमा लगेर औषधि खुवाउन आग्रह गरिएको छ।
काठमाण्डौ – सरकारले राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रमको पहिलो चरण यही कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ ।
पूर्व निर्धारित कार्यक्रम अनुसार हरेक वर्ष बैशाख ६ र ७ गते तथा कार्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम संचालन गर्दै आएकोमा यस पटक दशैँ विदा परेका कारण पछि सारेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मातहतको परिवार कल्याण महाशाखाका अनुसार दशैँ बिदाका कारण कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएपछि भिटामिन ‘ए’ र जुकाको औषधि वितरणका लागि नयाँ मिति तय गरिएको हो ।
कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने महाशाखाले जनाएको छ ।
स्वास्थ्य संस्थाले तोकेको वितरण केन्द्रमा लगेर आफ्ना बालबालिकालाई निर्धारित मितिमा औषधि खुवाउन महाशाखाले आग्रह गरेको छ ।


























