धन्चौरमा एक लाख राशिको क्रिकेट प्रतियोगिता हुँदै, तयारी तीव्र

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीको धन्चौरमा आगामी कात्तिक ११ गतेदेखि एक लाख रुपैयाँ राशिको खुला क्रिकेट प्रतियोगिता हुँदैछ।
  • विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
  • स्थानीय स्तरमा खेल विकास, आपसी सद्भाव र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिताको तयारी तीव्र पारिएको छ।

हृदय भुसाल अर्घाखाँची। अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१०, धन्चौरको आरिचौरमा आगामी कात्तिक ११ गतेदेखि एक लाख रुपैयाँ राशिको खुला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा विजेता टोलीले एक लाख रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाउनेछ।

प्रतियोगिताको तयारी तीव्र रूपमा अगाडि बढिरहेको ऋषिकेश आलेले जानकारी दिनुभयो। प्रतियोगितालाई भव्य र ऐतिहासिक बनाउन सम्बन्धित सबै पक्षसँग समन्वय गरेर काम भइरहेको सुरज पन्थीले बताउनुभयो।

धन्चौरमा पहिलोपटक यति ठूलो पुरस्कार राशिको क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको भन्दै स्थानीय युवाहरूमा उत्साह देखिएको छ। प्रतियोगितालाई सफल बनाउन सबै पक्षबाट सकारात्मक सहयोग आवश्यक रहेको दीपेश भट्टराईले बताउनुभयो।

खेलाडीहरूले विभिन्न स्थानमा व्यापक सम्पर्क र समन्वय गरिरहेको उल्लेख गर्दै कैलाश गैरेले प्रतियोगिता भव्य रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। प्रतियोगिताका लागि देश तथा विदेशबाट समेत साथ र सहयोग प्राप्त भइरहेको जनाइएको छ।

स्थानीय स्तरमा क्रिकेट खेलको विकास, युवाहरूको खेलकुदप्रतिको आकर्षण वृद्धि तथा आपसी सद्भाव र एकता कायम गर्न प्रतियोगिताले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, प्रतियोगितामार्फत धन्चौर क्षेत्रको पहिचान विस्तार हुनुका साथै स्थानीय पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिएको आयोजक टिमका अरुण घमले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धन्चौर देउरालीमा त्रयोदशीका दिन भव्य सराय नाच हुने

मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज पनि चल्दै

चितवनको इच्छाकामनामा भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा

दशैँको अवसरमा काठमाण्डौ उपत्यकामा सशस्त्र प्रहरी बलको निःशुल्क बस सेवा सञ्चालन

आज पनि महाअष्टमी, हिजोकै कर्म दोहोर्‍याउन सुझाव

- Advertisement -spot_img
-Advertisement-spot_img