कोरला नाका चलायमान बनाउन भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

समाचार सारांश
Auto Generated by AI
  • मुस्ताङको कोरला नाकामा रहेको भन्सार र क्वारेन्टाइन कार्यालयमा नौ जना कर्मचारी थपिँदैछन्।
  • रसुवागढी नाका बन्द भएपछि कोरला नाकालाई वैकल्पिक मार्गको रूपमा प्रयोग गर्न लागिएको हो।
  • नाका बन्द भएसँगै अहिले कोरला नाका भएर दैनिक ५० भन्दा बढी कन्टेनर भित्रिइरहेका छन्।
काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाकाको लोमान्थाङ गाउँपालिका–४ न्हेधुङमा रहेको मुस्ताङ भन्सार र प्लान्ट क्वारेन्टाइन कार्यालयमा कर्मचारी थपिएको छ ।

मुस्ताङ भन्सार भन्सारका लागि ६ जना कर्मचारी थप गरी भन्सार विभागले खटाउने अन्तिम तयारी गरेको छ भने वनस्पति क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले ३ जना कर्मचारीलाई मुस्ताङ पठाइसकेको छ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै भन्सार विभागले मुस्ताङको कोरला नाकाको भन्सार कार्यालयका लागि छ जना कर्मचारी काजमा पठाउने तयारी गरिएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले जानकारी दिनुभयो ।

अहिले मुस्ताङ भन्सारमा १२ जना मात्रै कर्मचारी छन् । रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै भन्सार विभागले मुस्ताङ भन्सार कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी पदपूर्ति गर्न लागेको हो । रसुवागढी र तातोपानी नाका पूर्णरुपमा बन्द भएसँगै मुस्ताङको कोरला नाका वैकल्पिक मार्गका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

भन्सार प्रमुख चुडालले क्वारेन्टाइनका लागि आउने कर्मचारीको आवश्यक समन्वय गर्नु भन्ने विभागबाट जानकारी प्राप्त भइसकेको बताउनुभयो । उहाँका अनुसार रसुवागढीनाका बन्द भएपछि कोरला नाकातर्फ मालवस्तु पैठारीका लागि दैनिक ५० भन्दा बढी कन्टेनर यसतर्फ आइरहेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

नागरिक बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img