देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा

समाचार सारांश
Auto Generated by AI
  • कर्णाली, लुम्बिनी र गण्डकीका केही भूभागमा अहिले हल्का वर्षा भइरहेको छ।
  • गएराति सिन्धुपाल्चोकसहित देशका विभिन्न स्थानमा मध्यमदेखि ठूलो वर्षा भएको छ।
  • आज केही प्रदेशका पहाडी क्षेत्रमा ठूलो पानी पर्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार गएराति देशका विभिन्न ठाउँमा मध्यमदेखि केही ठाउँमा ठूलो पानी परेको छ । पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकमा ६५ दशमलव ६ मिलिमिटर वर्षा भएको छ ।

गएराति रसुवा, पर्वत, स्याङ्जा, कास्की, दोलखा, सङ्खुवासभा र सोलुखुम्बुमा मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ । सुदूरपश्चिम, मधेश र कोशी प्रदेशका तराई भूभागमा तुलनात्मक रूपमा कम वर्षा भएको छ ।

महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइने

लेकाली दाइ

- Advertisement -spot_img
-Advertisement-spot_img