राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

समाचार सारांश
Auto Generated by AI
  • प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघीय महासभामा सहभागिताको तयारी भइरहेको छ।
  • भोटेकोशी बाढीको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराइनेछ।
  • जलवायु परिवर्तनले पारेको असर र जलवायु न्यायको विषयमा छलफल हुनेछ।
काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने अमेरिका जाने हुनुभएको छ । यसबारे औपचारिक निर्णय हुन भने बाँकी छ । महासभामा उहाँले नेपालमा हालै आएको भोटेकोशीको विनाशकारी बाढी र त्यसले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी छ ।

संयुक्त राष्ट्रसंघको ८१औं महासभा यही भदौ २३ गते न्यूयोर्कको राष्ट्रसंघको मुख्यालयमा शुरु हुँदैछ । महासभाको उच्चस्तरीय बैठक भने असोज ६ गतेदेखि शुरु हुनेछ । नेपालमा बाढीको क्षतिपछि प्रधानमन्त्री नै राष्ट्रसंघको महासभामा जानुपर्ने भन्दै सांसद, मन्त्री तथा कुटनीतिज्ञहरुले आग्रह गर्दै आएका छन् ।

यसअघि भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री खनाललाई महासभामा पठाउने निर्णय गरेको थियो । तर गएको भदौ १० गते रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएपछि जलवायु परिवर्तनजन्य विपद्बाट हिमाली क्षेत्रमा परिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन प्रधानमन्त्री महासभामा जानुपर्ने माग उठेको थियो ।

प्रधानमन्त्री सहभागी हुने भए उहाँले महासभाको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको विपद, त्यसको मानवीय तथा भौतिक क्षति र जलवायु न्यायको आवश्यकता अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धन्चौरमा एक लाख राशिको क्रिकेट प्रतियोगिता हुँदै, तयारी तीव्र

धन्चौर देउरालीमा त्रयोदशीका दिन भव्य सराय नाच हुने

मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज पनि चल्दै

चितवनको इच्छाकामनामा भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा

दशैँको अवसरमा काठमाण्डौ उपत्यकामा सशस्त्र प्रहरी बलको निःशुल्क बस सेवा सञ्चालन

- Advertisement -spot_img
-Advertisement-spot_img