नागरिक बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीको नागरिक बहुउद्देश्यीय सहकारी संस्थाको चौथो साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ।
  • अधिवेशनले हृदय भुसालको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ।
  • प्रमुख अतिथि तथा वक्ताहरूले सहकारीलाई पारदर्शी बनाउँदै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन जोड दिएका छन्।

प्रेस लुम्बिनी ?अर्घाखाँची । नागरिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, भूमिकास्थान नगरपालिका–१०, धन्चौर अर्घाखाँचीको चौथो साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले हृदय भुसालको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ।

साधारणसभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं भूमिकास्थान नगरपालिकाका नगर उपप्रमुख बालकृष्ण बन्जाडेले सहकारी संस्थाहरूले सदस्यहरूको आर्थिक तथा सामाजिक जीवनस्तर सुधारसँगै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो। उहाँले सहकारीको मूल उद्देश्य सदस्यहरूको बचतलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्दै आत्मनिर्भरता र स्वरोजगार सिर्जना गर्नु रहेको उल्लेख गर्दै सहकारी संस्था पारदर्शिता, सुशासन र सदस्यकेन्द्रित गतिविधिलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। नागरिक बहुउद्देश्यीय सहकारीले आगामी दिनमा अझ प्रभावकारी र उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्दै सदस्यहरूको आर्थिक समृद्धिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै उहाँले साधारणसभा तथा अधिवेशन सफलताको शुभकामना दिनुभयो।

कार्यक्रमका विशिष्ट अतिथि एवं भूमिकास्थान नगरपालिका–१० का वडा अध्यक्ष खगेश्वर पन्थीले सहकारी संस्था स्थानीय समुदायको आर्थिक विकासको महत्वपूर्ण आधार भएको बताउनुभयो। उहाँले सहकारीले सदस्यहरूमा बचत गर्ने बानीको विकाससँगै कृषि, उद्यमशीलता, स्वरोजगार तथा आयआर्जनका क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो। संस्थाको पारदर्शिता, सुशासन र सदस्यको हितलाई केन्द्रमा राखेर अघि बढ्न सके सहकारीले स्थानीयस्तरमै आर्थिक समृद्धिको आधार तयार गर्न सक्ने बताउँदै उहाँले नवनिर्वाचित सञ्चालक समितिलाई सफल कार्यकालको शुभकामना दिनुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व सचिव एवं सामाजिक व्यक्तित्व हृदय भुसाल, उद्योग वाणिज्य संघ सितगंगाका वरिष्ठ उपाध्यक्ष अर्जुन बुढामगर, जनजागृति माध्यमिक विद्यालयका शिक्षक दामोदर भट्टराई, सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक भोजन गुरुङ, सामाजिक व्यक्तित्वहरू तारापति भट्टराई, झबिलाल भट्टराई, दुर्गा भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

अधिवेशनबाट नवनिर्वाचित सञ्चालक समितिको अध्यक्षमा हृदय भुसाल, उपाध्यक्षमा झबिलाल भट्टराई, सचिवमा डिलाराम पाण्डे, सहसचिवमा लक्ष्मी उचै, कोषाध्यक्षमा नमकला कुँवर तथा सदस्यहरूमा टेकलाल भट्टराई, मोतिलाल नेपाली, माया नेपाली र श्यामकला पाण्डे चयन हुनुभएको छ।

त्यस्तै, तारापति भट्टराईको संयोजकत्वमा सल्लाहकार समिति र भोजन गुरुङको संयोजकत्वमा शिक्षा समिति लगायतका विभिन्न समितिसमेत चयन गरिएको छ।

कार्यक्रम संस्थाका निवर्तमान अध्यक्ष शुभबहादुर समालको अध्यक्षता, डिलाराम पाण्डेको स्वागत मन्तव्य तथा नवीन घमको सञ्चालनमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

कोरला नाका चलायमान बनाउन भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img