फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने

समाचार सारांश
Auto Generated by AI
  • फ्रान्सले आगामी शैक्षिक सत्रदेखि माध्यमिक विद्यालयमा मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ।
  • बालबालिकालाई स्क्रिनको लतबाट जोगाउन र उनीहरूको विकासमा सघाउन यो निर्णय लिइएको हो।
  • यसअघि नै ११ देखि १५ वर्षका बालबालिकालाई लक्षित गरी लागू गरिएको यो नियम अब पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ।

फ्रान्सले अर्को महिनादेखि माध्यमिक विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लागू गर्ने तयारी गरेको छ ।

फ्रान्सको संसद्ले जुलाईमा नै १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा पहुँच र माध्यमिक विद्यालयमा मोबाइल फोन प्रयोग दुवै प्रतिबन्ध लगाउने विधेयक पारित गरेपछि अर्को महिनादेखि यो प्रतिबन्ध लागू हुन लागेको हो ।

मोबाइल फोन प्रतिबन्ध गर्ने तयारी राष्ट्रपति इमानुएल म्याक्रोँको बालबालिकालाई स्क्रिन अगाडि कम समय बिताउने वातावरण दिन ल्याइएको दबाबको एक हिस्सा रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

सरकारले बालबालिका तथा किशोरकिशोरीलाई स्क्रिनको लतले उनीहरूको विकास रोकिरहेको छ भन्ने धारणा राखेको छ । यस महिनाको सुरुमा त्यहाँको सर्वोच्च अदालतले सामाजिक सञ्जालसम्बन्धी प्रावधान खारेज गरेपछि म्याक्रोँलाई यस मुद्दामा अघि बढ्न अलमल परेको थियो ।

सरकारका प्रवक्ता मोद ब्रेजोँले माध्यमिक विद्यालयमा मोबाइल फोन प्रतिबन्ध नयाँ शैक्षिक सत्र सुरु भएदेखि नै लागू हुने बताउनुभएको हो । यसका लागि स्थिर, सुदृढ र वैधानिक कानुनी ढाँचा रहेको उहाँले मन्त्रिपरिषद् बैठकमा बताउनुभएको छ ।

फ्रान्सको शैक्षिक सत्र आउँदो महिना सेप्टेम्बरमा सुरु हुन्छ । फ्रान्सले पहिले नै ११ देखि १५ वर्ष उमेरका बालबालिकालाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अर्घाखाँची डिर्भनामा स्वास्थ्य सेवा घरदैलोमै, ५०० जनाले लिए निःशुल्क उपचार

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित

हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने

आमाको नागरिकतामा छोराको हस्ताक्षर

- Advertisement -spot_img
-Advertisement-spot_img