आमाको नागरिकतामा छोराको हस्ताक्षर

समाचार सारांश
Auto Generated by AI
  • रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीले आफ्नै आमाको नागरिकताको प्रतिलिपिमा हस्ताक्षर गर्नुभएको छ।
  • आफ्नै आमाको नागरिकतामा हस्ताक्षर गर्दा उहाँ भावुक र गौरवान्वित बन्नुभएको छ।
  • यो विशेष र ऐतिहासिक क्षणको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा निकै चर्चा र प्रशंसा भइरहेको छ।

काठमाण्डौ — रुकुम पश्चिममा आमाको नागरिकता प्रतिलिपिमा छोराले हस्ताक्षर गरेको खबर अहिले चर्चामा छ । रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीले अस्ति बुधवार आफ्नै आमाको नागरिकताको प्रतिलिपिमा हस्ताक्षर गर्ने अवसर पाउनुभएको हो ।

यो क्षणलाई उहाँले सामाजिक सञ्जालमा राखेपछि यसको चर्चा भैरहेको छ । सरकारी जिम्मेवारी सम्हालिरहेका उहाँले आफ्नै आमाको नागरिकताको प्रतिलिपिमा हस्ताक्षर गरेर आमालाई बुझाउने अवसर पाउनुभयो । आमाको नागरिकतामा आफ्नै हातले हस्ताक्षर गर्न पाउँदा सहायक प्रमुख जिल्ला अधिकारी ओली खुशी र भावुक हुनुभयो ।

उहाँले त्यो क्षणको भिडियो सामाजिक सञ्जालमा शेयर गर्दै लेख्नुभएको छ, ‘सधैँ नमिल्ने एक खुशी : आफ्नै आमाको नागरिकतामा यो छोराको आफ्नै हातले साइन गर्दा हात काँप्यो, मन बहकायो । किनकि भारी खुशी र गर्व थियो ।’

उहाँले सामाजिक सञ्जालमा राख्नुभएको यो भिडियो यतिबेला निकै चर्चित भएको छ । सरकारी कर्मचारीको लागि यो ऐतिहासिक र विरलै मिल्ने अवसर भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उहाँलाई बधाई दिएका छन् ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–७ की मोतिकला ओलीको नागरिकता केही समयअघि पानी परेर च्यातिएको थियो । नागरिकताको प्रतिलिपि लिन अस्ति बुधवार जिल्ला प्रशासन कार्यालय पुग्दा आफ्नै छोराले हस्ताक्षर गरेपछि आमा मोतिकला पनि खुशीले गदगद हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अण्डाकाे भाउ फेरि बढ्याे

साउनमै ५७ हजार मेट्रिक टनभन्दा धेरै ग्यास आयात

आउँदो मंसिर १ देखि काठमाण्डौ उपत्यकामा मासु जाँच अनिवार्य

आज मधेशबाहेक सबै प्रदेशको पहाडी एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

रिब्दीकोट गाउँपालिका भित्रका विद्यालयहरुका विद्यार्थीहरुको मुटु स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न

- Advertisement -spot_img
-Advertisement-spot_img