
- साउन महिनामा ५७ हजार ३१३ मेट्रिक टन एलपी ग्यास आयात भएको छ।
- यो अघिल्लो पाँच महिनाको तुलनामा सबैभन्दा धेरै ग्यास आयात हो।
- साउनमा देशभर ४० लाख ३६ हजारभन्दा बढी सिलिन्डर बिक्री भएका छन्।
काठमाण्डाै – गएकाे साउन महिनामा मात्रै ५७ हजार मेट्रिक टनभन्दा धेरै खाना पकाउने एलपी ग्यास आयात भएको छ ।
नेपाल आयल निगमका अनुसार गएकाे साउनमा ५७ हजार ३१३ मेट्रिक टन ग्यास आयात भएकाे छ । पछिल्लो ५ महिनामध्ये साउनमा सबैभन्दा धेरै ग्यास आयात भएको हो ।
यस्तै गएकाे असारमा ४४ हजार ५४४, जेठमा ३२ हजार ८४२, वैशाखमा ३२ हजार ५६ र चैतमा ३८ हजार ७९९ मेट्रिक टन ग्यास आयात भएको थियाे ।
साउनमा मात्रै देशभर ४० लाख ३६ हजार ३६४ थान ग्यास सिलिन्डर बिक्री भएको निगमले जनाएको छ । असारकाे तुलनामा साउनमा झन्डै ९ लाख ग्यास सिलिन्डर धेरै बिक्री भएको हाे ।
निगमले आउँदा दिनमा पनि ग्यासकाे आयात हुँदै जाने उल्लेख गर्दै आवश्यकताअनुसार खरिद गर्न उपभोक्तालाई आग्रह गरेकाे छ ।


























