सरकार र लघुवित्त पीडितबीच ७ बुँदे सहमति

समाचार सारांश
Auto Generated by AI
  • सरकार र लघुवित्त पीडितबीच ७ बुँदे सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम स्थगित भएका छन्।
  • समस्या समाधानका लागि उच्चस्तरीय समिति गठन गर्दै ऋणीको कर्जा मिनाहा र पुनर्स्थापनाको अध्ययन गरिनेछ।
  • लघुवित्तको अनुगमन कडाइ गर्ने तथा जबरजस्ती असुली गर्ने कार्यलाई कानुनबमोजिम कारबाही गरिनेछ।

काठमाण्डौ — सरकार र आन्दोलनरत लघुवित्त पीडितबीच ७ बुँदे सहमति भएको छ । अर्थ मन्त्रालयमा हिजो भएको निर्णायक वार्ता सफल भएसँगै लघुवित्त पीडितहरूले लामो समयदेखि गर्दै आएको काठमाण्डौ केन्द्रित आन्दोलनका सबै कार्यक्रमहरू स्थगित गरेका छन् ।

सरकार र लघुवित्त पीडितबीच भएको सहमतिअनुसार लघुवित्तका समस्या समाधानका लागि उच्चस्तरीय समिति गठन गर्ने, समस्यामा परेका ऋणीको पुनर्स्थापनाका लागि पुनर्स्थापना कार्यक्रम सञ्चालन तथा कर्जा मिनाहासहितका उपाय अध्ययन गर्ने, आर्थिक रूपमा असक्षम ऋणीको कर्जा निक्षेप तथा कर्जा सुरक्षण कोष वा जीवन बीमामार्फत सुरक्षित गर्ने व्यवस्था मिलाउने, लघुवित्तसम्बन्धी गुनासोका लागि प्रभावकारी हेल्पलाइन तथा उजुरी व्यवस्थापन गर्ने, लघुवित्त संस्थालाई नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार सञ्चालन गराउने र कडाइका साथ अनुगमन गर्ने, ऋण असुलीका नाममा घरबाट सामान उठाउने वा जबर्जस्ती पक्राउ गर्ने जस्ता कार्य रोक्दै कानुनबमोजिम कारबाही गर्ने तथा राजधानी केन्द्रित लघुवित्त पीडित आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमति भएको छ ।

सम्झौता पत्रमा अर्थमन्त्रालयका सहसचिव महेश आचार्यसहित ७ र आन्दोलन पक्षबाट रमेश सेन्चुरीसहित ७ जनाले हस्ताक्षर गरेका छन् । यसअघि सरकारी टोलीले साउन १५ मै लघुवित्त पीडितसँग पाँच बुँदे सहमति गरेको थियो ।

यो सहमतिले पीडितहरूलाई न्याय दिन नसक्ने भन्दै सेन्चुरीको नेतृत्वमा हिजो फेरि सहमति भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

कालोबजारी गर्ने पेट्रोल पम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

संसद्मा रास्वपाका १८२ सांसद तर हिजो गणपूरक संख्या नै पुगेन

माग बढेसँगै अण्डाको समर्थन मूल्य पनि बढ्यो

अशोजसम्म सरकारले ४ खर्ब ऋण उठाउने

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

- Advertisement -spot_img
-Advertisement-spot_img