
- कालोबजारी गर्ने पेट्रोल पम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन दिइएको छ।
- पेट्रोलियम पदार्थ र कालोबजारी नियन्त्रणसम्बन्धी कानुन बनाउन आवश्यक तयारी थालिएको छ।
- होटल तथा रेस्टुरेन्टमा पाम तेलमा मिसावट गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न निर्देशन दिइएको छ।
काठमाण्डाै – उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले कालाेबजारी गर्ने पेट्राेल पम्प र ग्यास डिलरकाे इजाजत खारेज गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएकाे छ ।
समितिले आज सिंहदरबारमा आयोजना गरेको ‘अत्यावश्यक दैनिक खाद्यवस्तुको सहज आपूर्ति व्यवस्थापनबारे सरोकारवाला निकायसँगको छलफल’ कार्यक्रममा सभापति अन्सारीले कालोबजारी गर्ने जोकोहीलाई कानूनी दायरामा ल्याउन निर्देशन दिनुभएको हो ।
सभापति अन्सारीले पेट्रोलियम पदार्थसम्बन्धी ऐन तथा कालोबजारी नियन्त्रणसम्बन्धी विधेयक तयार गर्न आवश्यक तयारी अघि बढाउन उद्योग मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनुभयो । उहाँले समितिमा सरोकारवाला निकायलाई बोलाएर छलफल गरेपछि सुधारका काम भइरहेको बताउनुभयो ।
उहाँले होटल तथा रेस्टुरेन्टमा पाम तेलमा रासायनिक पदार्थ मिसावट गर्ने प्रवृत्ति देखिएकाले त्यसलाई नियन्त्रण गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।


























