माग बढेसँगै अण्डाको समर्थन मूल्य पनि बढ्यो

समाचार सारांश
Auto Generated by AI
  • अण्डाको माग बढेपछि नेपाल लेयर्स कुखुरापालक सङ्घले मूल्य वृद्धि गरेको छ।
  • बर्डफ्लु र रोगका कारण उत्पादन घटेपछि अण्डाको नयाँ समर्थन मूल्य तोकिएको हो।
  • लागत मूल्य बढे पनि किसानले अझैसम्म उचित मूल्य पाउन नसकेको गुनासो गरेका छन्।

काठमाण्डाै – अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य पनि बढाएका छन् ।

नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) ५६०, ठूलो अण्डा ५४५, मध्यमको ५०० र सानो प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य तीन हजार रुपैयाँ कायम गरिएको छ । सङ्घका अध्यक्ष विनोद पोखरेलले बर्डफ्लुको सङ्क्रमण हटेको र सङ्क्रमबाट धेरै कुखुरा मरेसँगै उत्पादन घटेको बताउनु भयाे ।

अहिले बजारमा अण्डाको माग बढेको छ । माग बढेसँगै अण्डाको मूल्य पनि बढेको हो । मूल्य बढे पनि किसानले लागत मूल्य अहिले पनि पाउन नसकेको पोखरेलको भनाइ छ ।

अण्डाको लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्ने उहाँ बताउनुहुन्छ । पछिल्लो समय उत्पादन घट्नु, कुखुरामा रोग लाग्नुलगायत कारणले आफूहरु मर्कामा परेको किसानको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अशोजसम्म सरकारले ४ खर्ब ऋण उठाउने

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

- Advertisement -spot_img
-Advertisement-spot_img