
समाचार सारांश
Auto Generated by AI
- सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक खर्ब आन्तरिक ऋण उठाउने भएको छ।
- सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वर्षभरिमा जम्मा ४ खर्ब १० अर्ब ऋण उठाइनेछ।
- सरकारले ट्रेजरी बिल, विकास ऋणपत्र र विभिन्न बचतपत्रमार्फत चरणबद्ध रूपमा ऋण उठाउने योजना बनाएको छ।
काठमाण्डौ — सरकारले चालु आर्थिक वर्षको तीन महिना अर्थात साउन, भदौ र अशोजमा एक खर्ब ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तय गरेको ऋणको तालिका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले एक खर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो ।


























