हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल, पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी

समाचार सारांश
Auto Generated by AI
  • वर्षौंदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल भएको छ।
  • नेपाली सेनाको पहलमा मर्मत कार्य सम्पन्न गरी उद्योग पुनः सञ्चालनमा ल्याइएको हो।
  • सरकारले रुग्ण सरकारी उद्योगहरूलाई सुधार गरी प्रतिस्पर्धी बनाउने योजना अघि सारेको छ।

काठमाण्डौ — वर्षौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि गरेको परीक्षण उत्पादन सफल भएको छ ।

नेपाली सेनाको नेतृत्वमा उद्योगभित्र रहेका पुराना मेसिन, विद्युत् प्रणाली र कपडा बुन्ने तानहरूको मर्मत सम्भार गरी आज परीक्षण उत्पादन शुरु गरिएको हो । लामो समयपछि मेसिन सञ्चालनमा आएसँगै उद्योग परिसरमा फेरि कपडा बुन्ने तानको आवाज सुनिन थालेको छ ।

चिनियाँ सरकारको सहयोगमा २०३२ सालमा स्थापना भई २०३५ देखि व्यावसायिक उत्पादन सुरु गरेको यो उद्योग २०५७ सालदेखि पूर्ण रूपमा बन्द अवस्थामा थियो । सरकारले गएको असार १८ गते उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि नेपाली सेनामार्फत मर्मत तथा सरसफाइको काम अघि बढाइएको थियो ।

परीक्षण उत्पादनको नतिजाका आधारमा उद्योगलाई दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने सरकारको तयारी छ । यसैबिच प्रधानमन्त्री बालेन शाहले लामो समयदेखि घाटामा रहेका र बन्द अवस्थामा पुगेका सरकारी उद्योग तथा संस्थानहरू सुधारको बाटोमा फर्किएको दाबी गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत आज बिहान ५ बुँदे प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नियत सफा र टिमवर्कमा इमानदार भए चुनौतीपूर्ण परिस्थितिमा पनि सुधार सम्भव रहेको बताउनुभएको छ ।

नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा प्रारम्भ भएका सुधारले रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव रहेको उल्लेख छ । प्रधानमन्त्री शाहले यी रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः सञ्चालनमा ल्याएर प्रतिस्पर्धी बनाउन सकिने उल्लेख पनि गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

यस पटक भिटामिन ‘ए’ र जुकाको औषधि कात्तिक १७–१८ मा खुवाउने

धन्चौरमा एक लाख राशिको क्रिकेट प्रतियोगिता हुँदै, तयारी तीव्र

धन्चौर देउरालीमा त्रयोदशीका दिन भव्य सराय नाच हुने

मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज पनि चल्दै

चितवनको इच्छाकामनामा भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा

- Advertisement -spot_img
-Advertisement-spot_img