घुससहित भूमि प्रशासन कार्यालय लगनखेल ललितपुरका ५ जना पक्राउ

समाचार सारांश
Auto Generated by AI
  • ललितपुर मालपोतका तीन नासु र दुई लेखापढी व्यवसायी घुससहित पक्राउ परेका छन्।
  • जग्गा बकसपत्र गराउन हैरानी दिई सेवाग्राहीसँग घुस लिएको आरोप उनीहरूलाई लागेको छ।
  • अख्तियारले उनीहरूको साथबाट तीन लाख र स्रोत नखुलेको थप रकम बरामद गरेको छ।

काठमाण्डौ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा बकसपत्र गराउदा घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालय, लगनखेल ललितपुरका तीन नासुसहित पाँच जनालाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट तीन लाख रुपैयाँ बरामद भएको छ । अख्तियारको टोलीले गएराति ललितपुर मालपोतका नासुहरु उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगरलाई पक्राउ गरेको हो ।

उनीहरुसँगै लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवाल समेत पक्राउ परेका अख्तियारका प्रवक्ता सुरेश न्यौपानले जानकारी दिनुभयो ।

जग्गाको बकसपत्र गराउने काममा दुःख र हैरानी दिएर सेवाग्राहीसँग घुस मागेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

अख्तियारले उनीहरुसँग घुसबाहेक स्रोत नखुलेको २४ हजार ८ सय ९० रुपैयाँ पनि बरामद भएको जनाएको छ । उनीहरु एक होटलबाट पक्राउ परेका हुन् । पक्राउ परेकामाथी थप अनुसन्धान भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

यस पटक भिटामिन ‘ए’ र जुकाको औषधि कात्तिक १७–१८ मा खुवाउने

धन्चौरमा एक लाख राशिको क्रिकेट प्रतियोगिता हुँदै, तयारी तीव्र

धन्चौर देउरालीमा त्रयोदशीका दिन भव्य सराय नाच हुने

मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज पनि चल्दै

चितवनको इच्छाकामनामा भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा

- Advertisement -spot_img
-Advertisement-spot_img