
- नेपाल आयल निगमले आजदेखि बजारमा १४.२ किलोको पूर्ण तौल भएको ग्यास सिलिन्डर पठाउन सुरु गरेको छ।
- भारतबाट नियमित ग्यास आपूर्ति सुनिश्चित भएपछि चार महिनापछि पूर्ण तौलको सिलिन्डर उपलब्ध गराइएको हो।
- पूर्ण तौलको सिलिन्डरको मूल्य दुई हजार ६० रुपैयाँ तोकिएको छ र केही दिन आधा तौलका सिलिन्डर पनि बजारमा रहनेछन्।
काठमाण्डौ – नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ ।
निगमले साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याउने निर्णय गरेको हो । मध्यपूर्वको तनाव तथा बजारमा ग्यासको अभावपछि निगमले गएको फागुन अन्तिम हप्तादेखि बजारमा आधा तौल (७.१ किलो) भएको सिलिन्डर प्रयोगमा ल्याएको थियो ।
चार महिनापछि उपभोक्ताले पूरा तौल भएको ग्यास सिलिन्डर पाउन लागेका हुन् । भारतबाट प्रतिदिन १०० बुलेट ग्यास आउने सुनिश्चितता भएकाले आजदेखि पूर्ण तौल भएको सिलिन्डर प्रयोगमा ल्याउने निर्णय भएको आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो ।
स्टक रहुन्जेल केही दिन आधा तौल भएको सिलिन्डर पनि बजारमा रहनेछ । पूर्ण तौलको ग्यास सिलिन्डरको भाउ दुई हजार ६० रुपैयाँ पर्नेछ ।


























