आज गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

समाचार सारांश
Auto Generated by AI
  • गए राति देशभर वर्षा भएको र हाल मनसुनको प्रभाव पश्चिम नेपालमा केन्द्रित देखिएको छ।
  • आज र भोलि देशका विभिन्न स्थानमा ठूलो वर्षा हुने सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
  • बाढी र पहिरोको जोखिम बढेकाले नदी तटीय क्षेत्र तथा संवेदनशील स्थानमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

काठमाण्डौ – गए राति देशका सबैजसो ठाउँमा पानी परेको छ । कतै ठूलो वर्षा पनि भएको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै स्याङ्जामा १४४ मिलिमिटर वर्षा मापन भएको छ ।

अहिले भने वर्षा पश्चिम नेपालतर्फ केन्द्रित भएको छ । दैलेखमा पछिल्लो १ घण्टामा ४६ मिलिमिटर पानी परेको छ । काठमाण्डौ उपत्यकामा गए राति लगातार वर्षा भए पनि अहिले भने पानी परेको छैन । यस्तै पूर्वी नेपालमा पनि पानी परेको छैन ।

देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज र भोलि विभिन्न प्रदेशमा हल्का,मध्यम र ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक/दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

आज राति पनि सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेकाले त्यस क्षेत्रका नदी–नाला आसपास र पहिरोको जोखिम भएका स्थानमा सतर्कता अपनाउन आग्रह गरिएको छ । यस्तै, भोलि कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको छ ।

ठूलो वर्षा हुन सक्ने क्षेत्रमा आकस्मिक बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

गएराति देशका धेरै ठाउँमा वर्षा, आज दिउँसो र राति पनि पानी पर्ने

अनावश्यक स्वास्थ्य परीक्षण नगर्न बीमा बाेर्डकाे आग्रह

कर्णाली नदीमा खसेको गाडी अझै भेटिएन

सामुदायिक वनमा रोपिएका सिन्कौली बिरुवाको सरसफाइ तथा उकेरा सम्पन्न

लगातार ७ काराेबार दिन घटेकाे शेयर बजार ४४ अङ्कले बढ्याे

- Advertisement -spot_img
-Advertisement-spot_img