कर्णाली नदीमा खसेको गाडी अझै भेटिएन

समाचार सारांश
Auto Generated by AI
  • दैलेखमा भएको गाडी दुर्घटनामा परी कालिकोटका ३५ वर्षीय जोखे तिरुवाको मृत्यु भएको छ।
  • दुर्घटनाग्रस्त गाडी कर्णाली नदीमा खसेको र हालसम्म फेला नपरेकाले खोजी कार्य जारी छ।
  • नदीमा पानीको सतह र धमिलोपनका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ।

काठमाण्डौ — दैलेखमा हिजो गाडी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान खुलेको छ । ज्यान गुमाउनेमा कालिकोटको पचालझरना गाउँपालिका–९ का ३५ वर्षीय जोखे तिरुवा रहेको प्रहरीले जनाएको छ । भीरमा अचेत अवस्थामा फेला परेका उहाँलाई दैलेखको दुल्लू अस्पतालका डाक्टरले मृत घोषणा गरेका हुन ।

कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटना भइ कर्णाली नदीमा खसेको यात्रुबाहक गाडी हालसम्म भेटिएको छैन । सशस्त्र प्रहरी बल, नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतको ६ गोताखोरको टोलीले गाडीको खोजबीन गरिरहेको छ ।

पानीको सतह बढेको र वर्षापछि आएको बाढीले पानी धमिलो हुँदा गाडी खोज्न नसकिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले जानकारी दिनुभयो । राति भएकाले खोज तथा उद्धारको काम हुन नसकेको र आज बिहानैदेखि पुनः खोज उद्धारकाे काम थाल्ने उहाँले बताउनुभयो ।

सुर्खेत बसपार्कबाट बिहान छुट्दा गाडीमा पाँच जना रहेको भनिए पनि संख्या यकिन नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडी कर्णाली नदीमा डुबेको ठाउँ प्रहरी चौकी पाल्तडाबाट तीन किलोमिटर उत्तरतर्फ र जिल्ला   प्रहरी कार्यालय दैलेखबाट ५० किलोमिटर पश्चिमतर्फ पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अनावश्यक स्वास्थ्य परीक्षण नगर्न बीमा बाेर्डकाे आग्रह

सामुदायिक वनमा रोपिएका सिन्कौली बिरुवाको सरसफाइ तथा उकेरा सम्पन्न

लगातार ७ काराेबार दिन घटेकाे शेयर बजार ४४ अङ्कले बढ्याे

पेट्रोलमा प्रतिलिटर २०तथा डिजेल र मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

आज र भोलि देशका केही ठाउँमा ठुलो पानी पर्ने सम्भावना : सावधानी अपनाउन आग्रह

- Advertisement -spot_img
-Advertisement-spot_img