पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

समाचार सारांश
Auto Generated by AI
  • देशका विभिन्न भागमा अत्यधिक गर्मी बढेकाले आवश्यक काम बाहेक घरबाहिर ननिस्कन र स्वास्थ्यमा सावधानी अपनाउन आग्रह गरिएको छ।
  • पहाडी तथा हिमाली भेगका केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
  • गर्मी अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ भने वीरगञ्जका विद्यालयहरू चार दिनका लागि बन्द गरिएका छन्।

काठमाण्डौ — गएराति र आज बिहान पूर्व र मध्य भेगका केही ठाउँमा पानी परेको छ । पानी परेको ठाउँमा शितल भए पनि देशका धेरै ठाउँमा गर्मी छ । अरु ठाउँको तुलनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मी छ । केही दिनदेखि ती ठाउँमा तातो हावा चलेको छ ।

बागमती र गण्डकी प्रदेशमा पनि गर्मी धेरै छ । आज र भोलि पनि अत्यधिक गर्मी हुने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।  गर्मीको बेला अत्यावश्यक काममाबाहेक दिउँसो घरबाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन मौसमविदहरुको आग्रह छ ।

आज देशका हिमाली र पहाडी भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशका तराई भेगका थोरै ठाउँमा तथा मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशको तराईका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँहरुमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा पनि  तातो दिन हुने सम्भावना छ ।

यसैबीच गर्मी धेरै बढेपछि वीरगञ्जका सबै विद्यालयमा चार दिनका लागि बिदा दिइएको छ । पछिल्ला दिनमा तराई, मधेशका जिल्लाहरुमा तापक्रम निरन्तर बढ्दै गएपछि जनजीवन प्रभावित बन्दै गएको छ ।स्रोत उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

विश्वकप फुटबलमा ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

भूमिकास्थानको १९औँ नगरसभाबाट बजेट पारित

सिंहदरबारतिर जाने बाटो

तराई भू-भागमा आज पनि तातो लहर, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन

- Advertisement -spot_img
-Advertisement-spot_img