सिंहदरबारतिर जाने बाटो

समाचार सारांश
Auto Generated by AI
  • विकासका नाममा निमुखाका घर भत्काएर उनीहरूलाई थप कष्टमा धकेल्ने राज्यको कदम अन्यायपूर्ण छ।
  • लालपुर्जा नहुँदैमा श्रमिक वर्गको आत्मसम्मान र बाँच्ने अधिकार खोसिनु शोचनीय छ।
  • न्याय नपाए विस्थापितहरूले एक दिन आफ्ना पीडा बोकेर सिंहदरबारमा प्रश्न गर्नेछन्।

निम्बतरु
उनीहरूको घर
कुनै महल थिएन,
न त इतिहासको सूचीमा परेको कुनै स्मारक।
त्यो त केवल वर्षौंदेखि
पसिनाले जोडेका टिनका पातहरू थिए,
भोकले गाँसेका बाँसका खम्बाहरू थिए,
र साँझ फर्किने आशाको एउटा ढोका थियो।
एक बिहान
बुल्डोजर आयो—
कानुनको अनुहार लगाएर,
विकासको भाषा बोल्दै।
घरहरू ढले,
तर केवल घरहरू मात्र ढलेनन्,
बालबालिकाको स्कुल जाने बाटो ढल्यो,
आमाको चुल्हो ढल्यो,
बुवाको काममा फर्किने निश्चितता ढल्यो।
त्यसपछि भनियो—
“उद्धार गरियो।”
उद्धार !
शब्द कति निर्दोष सुनिन्छ,
जबकि त्यसको भित्री कोठामा
यातनागृहको गन्ध लुकेको हुन्छ।
नदी किनारकै अर्को किनारमा लगेर राखियो,
मानौँ डुब्न लागेका मान्छेलाई
अर्को डुबानतिर सार्नु नै
उद्धारको नयाँ परिभाषा हो।
फेरि पाँच दिनको उर्दी आयो—
खाली गर।
पाँच दिन !
मानौँ मान्छे होइनन् उनीहरू,
सार्न मिल्ने कुनै अस्थायी सामान हुन्।
कोठा खोज्न निस्कन्छन् उनीहरू,
तर सहरका कुलीन ढोकाहरू
लालपुर्जाको भाषा मात्र बुझ्छन्।
पसिनाको नागरिकता यहाँ मान्य छैन।
त्यसैले अब प्रश्न उठ्छ—
जग्गा नहुनेको जिन्दगी पनि नहुने हो ?
लालपुर्जा नहुनेको आत्मसम्मान पनि नहुने हो ?
श्रम बेचेर देश उभ्याउने हातहरूलाई
देशमै बास नहुने हो ?
र जब सबै ढोकाहरू बन्द हुन्छन्,
एउटा मात्र ढोका बाँकी रहन्छ—
सिंहदरबार।
किनकि सिंहदरबार
कसैको पुर्ख्यौली बिर्ता होइन,
त्यो तिनै हातहरूको पनि हो
जसले इँटा बोकेर राजधानी उठाए,
तिनै खुट्टाहरूको पनि हो
जसले सडकहरूलाई जीवन दिए।
यदि राज्यले
मान्छेलाई घरबारविहीन बनाउने अधिकार राख्छ भने,
त्यसैले तिनलाई बस्न मिल्ने ठाउँ दिने जिम्मेवारी पनि राख्नुपर्छ।
नत्र एक दिन
उठीबास लगाइएका सबै घरहरू
आफ्ना भग्नावशेष बोकेर
सिंहदरबारको आँगनमा आइपुग्नेछन्,
र त्यहाँ
सबैभन्दा ठूलो प्रश्न टाँसिनेछ—
“देश कसको हो ?”
त्यो प्रश्नको उत्तर
कुनै भाषणले दिने छैन,
कुनै आदेशले दिने छैन,
उत्तर त ती हातहरूले दिनेछन्
जसको घर भत्काइयो,
तर जसको स्वाभिमान
अहिलेसम्म भत्काउन सकिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै