डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन

समाचार सारांश
Auto Generated by AI
  • श्रीलङ्कामा तीव्र गतिमा फैलिएको डेङ्गी नियन्त्रण गर्न सरकारले सेना परिचालन गरेको छ।
  • हालसम्म झन्डै ५० हजार जना सङ्क्रमित भएका छन् भने २९ जनाको मृत्यु भइसकेको छ।
  • लामखुट्टेका प्रजनन स्थल नष्ट गर्न भोलिदेखि देशव्यापी सरसफाइ अभियान सञ्चालन गरिँदै छ।

राष्ट्रपति अनुरा कुमार दिसानायकेको कार्यालयका अनुसार लामखुट्टेबाट फैलिने डेङ्गी नियन्त्रणका लागि सेना, नौसेना र वायुसेनाका सदस्यहरू संयुक्त विशेष एकाइमा परिचालित भएका छन् । उनीहरूले लामखुट्टे प्रजनन हुने ठाउँ पहिचान गरी नष्ट गर्ने अभियान सञ्चालन गर्ने खबरमा उल्लेख छ ।

यस वर्ष श्रीलङ्कामा अहिलेसम्म झन्डै ५० हजार जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ भने २९ जनाको ज्यान गएको छ । यद्यपि यो सङ्ख्या सन् २०१७ को महामारीभन्दा कम हो । त्यति बेला १ लाख ८६ हजार जना सङ्क्रमित भएका थिए भने ४४० जनाको ज्यान गएको थियो ।

सरकारले भोलिदेखि देशव्यापी सरसफाइ तथा लामखुट्टे प्रजनन स्थल नष्ट गर्ने अभियान शुरू गर्ने जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जलवायु परिवर्तनका कारण डेङ्गीजस्ता लामखुट्टेजन्य रोग तीव्र रूपमा फैलिँदै गएको चेतावनी दिँदै आएको छ ।

स्वास्थ्य विभागका अनुसार राज्य तथा निजी अस्पतालहरू पहिले नै अत्यधिक दबावमा छन् र थप सङ्क्रमणले स्वास्थ्य प्रणालीमा ठूलो चुनौती सिर्जना गर्ने जोखिम बढेको छ ।

मनसुनी वर्षा, भर्खरैको बाढी र पानी जम्ने ठाउँहरूको वृद्धिका कारण सङ्क्रमण फैलिन सहज वातावरण बनेको अधिकारीहरूको मूल्याङ्कन छ ।स्रोत  उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

भूमिकास्थानको १९औँ नगरसभाबाट बजेट पारित

सिंहदरबारतिर जाने बाटो

तराई भू-भागमा आज पनि तातो लहर, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

मनसुन प्रवेश भएको क्षेत्रमा गए राति ठूलो वर्षा

पूर्वी र मध्य भेगमा वर्षा, पश्चिम तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img