कबुलियती वनले वन पुनर्स्थापना र आयआर्जनमा उल्लेखनीय सफलता, पाल्पामा पत्रकारसँग अन्तरक्रिया

समाचार सारांश
Auto Generated by AI
  • पाल्पामा डिभिजन वन कार्यालयले कबुलियती वनमार्फत वन पुनर्स्थापना र गरिब समुदायको आयआर्जन सुधारबारे पत्रकारहरूसँग अन्तरक्रिया गरेको छ।
  • पाल्पाका २०५ वटा समूहले अम्रिसो, केरा, किवी र पशुपालनमार्फत लाखौंको आम्दानी गरी स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएका छन्।
  • कार्यालयले अब अम्रिसोको बजारीकरण, अन्तरबाली विस्तार र स्थानीय उद्योग स्थापनामार्फत कार्यक्रमलाई थप व्यावसायिक बनाउने योजना अघि सारेको छ।

पदम गैरे पाल्पा, । डिभिजन वन कार्यालय पाल्पाले “कबुलियती वन आयआर्जन सुधार, सिकाइ र आगामी कार्यदिशा” विषयमा पाल्पाका पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।कबुलियती वनले वन पुनर्स्थापना र आयआर्जनमा उल्लेखनीय सफलता, पाल्पामा पत्रकारसँग अन्तरक्रिया
पाल्पा, असार ६ । डिभिजन वन कार्यालय पाल्पाले “कबुलियती वन आयआर्जन सुधार, सिकाइ र आगामी कार्यदिशा” विषयमा पाल्पाका पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय पाल्पाका सिनियर डिभिजनल वन अधिकृत मोहनप्रसाद श्रेष्ठले कबुलियती वन कार्यक्रमले जिल्लाका हैसियत बिग्रिएका वन क्षेत्रको पुनर्स्थापना गर्नुका साथै गरिबीको रेखामुनि रहेका समुदायको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले वन ऐन २०७६ को दफा २६ अनुसार २० प्रतिशतभन्दा कम छत्रघनत्व भएका वन क्षेत्रलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रमले वनमारा र अनुत्पादक खोरियालाई व्यावसायिक वनमा रूपान्तरण गर्न सफल भएको उल्लेख गर्नुभयो।
श्रेष्ठका अनुसार हाल पाल्पाका निस्दी, रम्भा, माथागढी, तिनाउ, रैनादेवी छहरा र रिव्दीकोट क्षेत्रमा २०५ वटा कबुलियती वन समूह गठन भएका छन्। ती समूहमार्फत १ हजार ६६८ दशमलव १४ हेक्टर क्षेत्रफल व्यवस्थापन हुँदै आएको छ भने २ हजार २२३ घरधुरीका १५ हजार ३१९ जना प्रत्यक्ष लाभान्वित भएका छन्।
डिभिजन वन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार जिल्लाका ११२ वटा कबुलियती वन समूहले ६९८ हेक्टर क्षेत्रफलमा २३ लाख ३ हजार ५ सय अम्रिसोका बिरुवा रोपेका छन्। विगत पाँच वर्षमा ८ लाख ८३ हजार ९ सय १ किलोग्राम अम्रिसो उत्पादन भई ७ करोड ६ लाख ३८ हजार ३ सय १० रुपैयाँ आम्दानी भएको छ। यसबाट प्रति क्लष्टर वार्षिक औसत आम्दानी १५ लाख ६९ हजार ७ सय ४० रुपैयाँ पुगेको कार्यालयले जनाएको छ।
बरिष्ठ वन अधिकृत खिलबहादुर तामाङले अम्रिसोसँगै विविध आयमूलक कार्यक्रम पनि सञ्चालन भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार कबुलियती वन तथा निजी जग्गामा २ हजार ५ सय किवीका बिरुवा विस्तार गरिएको छ भने निस्दी गाउँपालिका–७ मोलोग्राममा १२ हेक्टर क्षेत्रफलमा २० हजार केराका बिरुवा रोपिएका छन्। उक्त क्षेत्रबाट पछिल्ला चार वर्षमा ७ हजार ६ सय किलोग्राम केरा उत्पादन भई ४ लाख ६३ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
तामाङले ५५ हजार तेजपात, ७ हजार २ सय टिमुर र २५ हजार अलैँचीका बिरुवा रोपण गरिएको जानकारी दिँदै करिब ६० प्रतिशत घरधुरीले व्यावसायिक बाख्रा तथा बंगुरपालन सुरु गरेको बताउनुभयो। स्थानीय स्तरमा गठन भएका समूहहरूको बचत तथा ऋण परिचालनमार्फत १ करोड १० लाख ७३ हजार ६ सय रुपैयाँ परिचालन भएको र काउलेडाँडा कृषि सहकारी संस्था लिमिटेडमार्फत १० करोड रुपैयाँ बराबरको वित्तीय कारोबार भई स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको उहाँको भनाइ थियो।
कार्यक्रममा आगामी कार्यदिशाबारे जानकारी दिँदै कार्यालय प्रमुख श्रेष्ठले अम्रिसोको दिगो उत्पादनका लागि माटो सुधार तथा मलखाद व्यवस्थापनलाई नियमित बनाइने, अन्तरबालीका रूपमा ओखर, लप्सी र तेजपात विस्तार गरिने तथा स्थानीय स्तरमै कुचो उत्पादन उद्योग स्थापना गरी व्यावसायिक बाख्रापालनलाई थप प्रवर्द्धन गरिने योजना रहेको बताउनुभयो।
अन्तरक्रियामा सहभागी पत्रकारहरूले अम्रिसोको फूल र कुचो मात्र नभई पातको समेत बजारीकरण गर्नुपर्ने, दीगो बजार व्यवस्थापनको सुनिश्चितता गर्नुपर्ने, बिचौलियाको प्रभाव अन्त्य गर्नुपर्ने, कार्यक्रमको दोहोरोपन रोक्नुपर्ने तथा जिल्लाका अन्य सम्भावित हैसियत बिग्रिएका वन क्षेत्रमा पनि कार्यक्रम विस्तार गर्नुपर्ने सुझाव दिएका थिए। साथै स्थानीय समूहहरूको वित्तीय पारदर्शिता र सुशासनका लागि लेखा तथा अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै