भाइरल डाँडोमा बोर्ड, शितगंगाको पहिचान थप उजागर

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीको भाइरल डाँडामा शितगंगा नगरपालिकाको परिचय झल्किने बोर्ड स्थापना गरिएको छ।
  • नगरप्रमुख र वडा अध्यक्षको सक्रियतामा राखिएको यो बोर्डले पर्यटकीय क्षेत्रको पहिचान बढाउनेछ।
  • स्थानको स्पष्ट जानकारी दिँदै यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्य गरिएको हो।

हृदय भुसाल अर्घाखाँची ।अर्घाखाँचीको शितगंगा नगरपालिका–११ र कपिलवस्तुको शिवराज नगरपालिकाको सिमानामा अवस्थित चर्चित भाइरल डाँडोमा “शितगंगा–११, अर्घाखाँची” लेखिएको परिचयात्मक बोर्ड स्थापना गरिएको छ।

शितगंगा नगरपालिकाका नगरप्रमुख छविलाल पौडेलको विशेष उपस्थिति  तथा वडा नं. ११ का अध्यक्ष नवराज भुसालको पहलमा बोर्ड स्थापना गरिएको हो। बोर्ड स्थापनासँगै यस क्षेत्रको पहिचान थप स्थापित हुनुका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

बोर्ड स्थापना पोछी प्रतिक्रिया दिदै नगरप्रमुख छबिलाल पौडेलले स्थानीय पहिचानलाई उजागर गर्दै पर्यटन विकासमा योगदान पुर्‍याउने यस्ता कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो।                                      वडा अध्यक्ष नवराज भुसालले भाइरल डाँडो शितगंगा नगरपालिकाको महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्दै गएको उल्लेख गर्दै यसको प्रचारप्रसार र व्यवस्थापनका लागि वडा कार्यालय प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले स्थानीय पहिचानलाई थप मजबुत बनाउन तथा आगन्तुकलाई स्थानको स्पष्ट जानकारी गराउने उद्देश्यले परिचयात्मक बोर्ड स्थापना गरिएको जानकारी दिनुभयो।

कार्यक्रममा, कार्यपालिका सदस्य,वडा सदस्य, पूर्व जनप्रतिनिधि, पूर्व कार्यपालिका सदस्य तथा स्थानीयवासीहरूको  समेत उल्लेखनीय सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै