नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने

समाचार सारांश
Auto Generated by AI
  • नेपालमा यस वर्षको मनसुन केही दिन ढिला गरी भित्रिने भएको छ।
  • प्रशान्त महासागरमा विकसित एल निनोका कारण मनसुन कमजोर हुन सक्ने सम्भावना छ।
  • केही दिन तराईका क्षेत्रमा अत्यधिक गर्मी बढ्ने र पहाडी क्षेत्रमा हल्का वर्षा हुनेछ।

काठमाण्डौ – नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने भएको छ ।

नेपालमा सामान्यतया जुन १३ मा मनसुन प्रवेश गर्ने सरदर अनुमान रहे पनि यस वर्ष अहिलेसम्म मनसुन प्रणाली नभित्रिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  हिजो विभागले विज्ञप्ति निकालेर भूउपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसुन भित्रिन अझै केही दिन लाग्ने जनाएको हो ।

विभागका अनुसार हाल प्रशान्त महासागरमा ‘एल निनो’ विकसित भइसकेको र यो अझै बलियो हुने क्रममा रहेकोले यसको सिधा प्रभाव दक्षिण एसियासहित नेपालको मनसुनी प्रणालीमा पर्ने देखिएको छ ।  एल निनो सक्रिय हुँदा नेपालमा मनसुन आगमन ढिलो हुनुका साथै यस वर्षको मनसुनसमेत कमजोर हुन सक्ने सम्भावना रहेको प्रवक्ता विभूति पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विगतका वर्षहरूमा पनि एल निनोको प्रभाव रहँदा मनसुन ढिलो भित्रिएको तथ्याङ्क छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कहरू अनुसार जुनको अन्त्यसम्ममा पनि मनसुन भित्रिएका छन् । मनसुन ढिलो भए पनि  नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव भने कायमै रहेकाले विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघ गर्जनसहित मध्यम वर्षा भइरहेको छ ।

यसैबिच गएराति सुनसरी र चितवनमा सबैभन्दा धेरै वर्षा भएको छ । गएको १२ घण्टामा सबैभन्दा बढी चितवनमा ५२ मिलिमिटर र सुनसरीमा ४७ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै अबका केही दिन तराईमा तातो दिन सँगै गर्मी बढ्ने भएको छ । भोलिसम्मै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही ठाउँमा तातो दिन हुने सम्भावना छ ।

आज कोशीको तराई लगायत , बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षा/हिमपातको सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै