
- सहरको कृत्रिम जीवनशैली र भ्रमपूर्ण नाटक देखेर कवि दिक्क छन्।
- मानवीय अस्तित्वको शून्यतालाई कविले व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरेका छन्।
- अन्धकार र धुवाँको घेरामा कवि आफ्नै हराएको वास्तविक अस्तित्व खोज्दै छन्।

निम्बतरु
म एउटा मिड साँझमा उभिएर
ब्ल्याक कफीको तितो चुस्की लिइरहेछु,
र हेरिरहेछु—
यो रङ्गीन सहरको क्रिन्ज नाटक।
समयको भित्तेघडी अचानक सस बनिदिन्छ,
टिक-टक, टिक-टक…लाग्छ,
यो ब्रह्माण्ड नै एउटा ठूलो भ्रम हो,
जहाँ मान्छेहरू आफैँसँग गोस्ट भइरहेछन्।
मेरो मस्तिष्कको एउटा कुनामा
कसैले सुटुक्क भन्छ—
“बडी! यु आर कम्प्लिट्ली कुक्ड।”
म हाँस्छु,
र भन्छु—
“यो त बुलसिट जिन्दगीको सुन्दर सिट विम्ब मात्र हो!”
म निलो रङको आकाशमा
एउटा रफ स्केच कोरिरहेछु,
जहाँ ताराहरू पिस्ड अफ मुडमा चम्किरहेछन्।
ओहो! यो ड्याम अस्तित्वको शून्यता!
म फेरि एउटा चुरोट सल्काउँछु,
र धुवाँको कुइरोभित्र खोज्छु—
त्यो हराएको आदिम रफ ड्राफ्ट।

























