आधाभन्दा धेरै सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या १०० भन्दा कम

समाचार सारांश
Auto Generated by AI
  • देशका आधाभन्दा बढी सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या १०० जनाभन्दा कम रहेको छ।
  • कम विद्यार्थी भएका विद्यालयलाई एकीकरण गर्न सरकारले विद्यालय समायोजन अभियान चलाइरहेको छ।
  • सरकारले विद्यालय समायोजनका लागि बजेट छुट्याई स्थानीय तहसँग विवरण माग गरेको छ।

काठमाण्डाै – देशका १३ हजार ७३६ सामुदायिक विद्यालयमा १०० जनाभन्दा कम विद्यार्थी रहेको पाइएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको ’शैक्षिक सूचना २०८२’ अनुसार यो सङ्ख्या कुल सामुदायिक विद्यालयको ५० दशमलव ८६ प्रतिशत हो । यसको अर्थ आधाभन्दा धेरै सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या १०० भन्दा तल रहेको छ ।

अहिले देशभर ३५ हजार ९५१ विद्यालय रहेकामा २५ हजार ६२३ सामुदायिक र ८ हजार ९४१ संस्थागत अर्थात् निजी विद्यालय छन् । सबै विद्यालयमा गरेर कुल ७० लाख ४० हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।

विद्यार्थी सङ्ख्या कम भएका विद्यालयलाई एकीकरण गर्न सरकारले विद्यालय समायोजन अभियान जारी राखेको छ । अहिलेसम्म ६६२ सामुदायिक विद्यालय ‘मर्ज’ भइसकेका छन् ।

चालू आर्थिक वर्षमा समायोजनका लागि ४५ करोड रुपैयाँ प्रोत्साहन रकम विनियोजन गरिएको छ भने आउँदो वर्ष सामुदायिक विद्यालयको पूर्वाधार निर्माणका लागि १ अर्ब रुपैयाँ छुट्याइएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता महेन्द्र पराजुलीका अनुसार विद्यालय व्यवस्थापन संविधानतः पालिकाको जिम्मेवारी भएकाले त्यहाँबाट समायोजनको विवरण माग गरिएको छ ।

प्रधानाध्यापक सङ्घका अध्यक्ष सुदाम गौतमले राष्ट्रिय नीति बनाएर शिक्षाको रूपान्तरणमा लाग्नुपर्ने र विद्यालयको स्पष्ट मापदण्ड तोक्नुपर्ने सुझाव दिनुभएको छ ।समाचार स्रोत: उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

पेट्रोलियम पदार्थको भाउ यथावत

दशैँ र तिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात

१३ देशका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियाे

भोटेकोसी बाढीपीडितका लागि नागरिक सहकारीद्वारा २० हजार १०५ रुपैयाँ सहयोग

घटस्थापनायता एक लाख ८८ हजार भन्दा धेरै काठमाण्डौ उपत्यकाबाट बाहिरिए

- Advertisement -spot_img
-Advertisement-spot_img