केही ठाउँमा ठूलो वर्षा, तापक्रम घट्यो

समाचार सारांश
Auto Generated by AI
  • देशका विभिन्न ठाउँमा वर्षा भएसँगै तापक्रम घटेर जनजीवनमा शीतल महसुस भएको छ।
  • कोशी, मधेस र बागमतीसहितका केही भूभागमा आज मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।
  • मनसुनी वायु नेपालको नजिक आइसकेकाले सरदर समय जुन १३ को आसपासमै मनसुन भित्रने अनुमान गरिएको छ।

पछिल्लो ३ घण्टामा सबैभन्दा डडेलधुरामा ४४ मिलिमिटर पानी परेको छ । पानी परेसँगै देशका विभिन्न भूभागमा तापक्रम घटेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो सबैभन्दा उच्च तापक्रम भैरहवामा ३२.६ र धनगढीमा ३२.३ डिग्री सेल्सियस रहेको छ । तापक्रम घट्दा देशभर शीतल महसुस भएको छ । अरू ठाउँमा त्यो भन्दा कम नै तापक्रम रहेको छ ।

तीन दिनअघि तराईका केही ठाउँमा तापक्रम ४१ डिग्री सेल्सियससम्म पुगेकोमा अहिले घटेको हो । गए राति पनि देशका केही ठाउँमा ठूलो पानी परेको छ । धनुषा, महोत्तरी, बारा, मोरङ, मकवानपुर, नवलपरासीपूर्व, तनहुँलगायत ठाउँमा ठूलो वर्षा भएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी र मधेस प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागका थोरै ठाउँ तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक/दुई ठाउँमा मेघ गर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

यसैबीच यस वर्षको मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आएको छ । तर जल तथा मौसम विज्ञान विभागले यसको पुष्टि गरेको छैन । मनसुनी वायुको गतिविधि देखिए पनि परिपक्व भई नसकेको विभागको भनाई छ ।

भारतीय जल तथा मौसम विज्ञान विभागले भने दक्षिणी बङ्गालको खाडी हुँदै विस्तार भएको मनसुनी वायु नेपाल प्रवेश गरिसकेको जनाएको छ । नेपालमा सरदर जुन १३ तारिखमा मनसुन भित्रने गर्छ ।

आज जुन १२ तारिख हो । यसपालि औसत मिति आसपासमै मनसुन भित्रने मौसमविद्को अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णयविरूद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

शिक्षकले नै एमबीएसको प्रश्नपत्र ‘आउट’ गरेको खुलासा

वाणिज्य विभागद्वारा एक वर्षमा झण्डै ४५ सय फर्म अनुगमन

आज हरिशयनी एकादशी मनाइँदै

ठूलो पानी पर्ने क्रम घट्दै

- Advertisement -spot_img
-Advertisement-spot_img