आधाभन्दा धेरै सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या १०० भन्दा कम

समाचार सारांश
Auto Generated by AI
  • देशका आधाभन्दा बढी सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या १०० जनाभन्दा कम रहेको छ।
  • कम विद्यार्थी भएका विद्यालयलाई एकीकरण गर्न सरकारले विद्यालय समायोजन अभियान चलाइरहेको छ।
  • सरकारले विद्यालय समायोजनका लागि बजेट छुट्याई स्थानीय तहसँग विवरण माग गरेको छ।

काठमाण्डाै – देशका १३ हजार ७३६ सामुदायिक विद्यालयमा १०० जनाभन्दा कम विद्यार्थी रहेको पाइएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको ’शैक्षिक सूचना २०८२’ अनुसार यो सङ्ख्या कुल सामुदायिक विद्यालयको ५० दशमलव ८६ प्रतिशत हो । यसको अर्थ आधाभन्दा धेरै सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या १०० भन्दा तल रहेको छ ।

अहिले देशभर ३५ हजार ९५१ विद्यालय रहेकामा २५ हजार ६२३ सामुदायिक र ८ हजार ९४१ संस्थागत अर्थात् निजी विद्यालय छन् । सबै विद्यालयमा गरेर कुल ७० लाख ४० हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।

विद्यार्थी सङ्ख्या कम भएका विद्यालयलाई एकीकरण गर्न सरकारले विद्यालय समायोजन अभियान जारी राखेको छ । अहिलेसम्म ६६२ सामुदायिक विद्यालय ‘मर्ज’ भइसकेका छन् ।

चालू आर्थिक वर्षमा समायोजनका लागि ४५ करोड रुपैयाँ प्रोत्साहन रकम विनियोजन गरिएको छ भने आउँदो वर्ष सामुदायिक विद्यालयको पूर्वाधार निर्माणका लागि १ अर्ब रुपैयाँ छुट्याइएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता महेन्द्र पराजुलीका अनुसार विद्यालय व्यवस्थापन संविधानतः पालिकाको जिम्मेवारी भएकाले त्यहाँबाट समायोजनको विवरण माग गरिएको छ ।

प्रधानाध्यापक सङ्घका अध्यक्ष सुदाम गौतमले राष्ट्रिय नीति बनाएर शिक्षाको रूपान्तरणमा लाग्नुपर्ने र विद्यालयको स्पष्ट मापदण्ड तोक्नुपर्ने सुझाव दिनुभएको छ ।समाचार स्रोत: उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै