चालू आर्थिक वर्षमा ५ लाख ५८ हजार मेट्रिक टनभन्दा धेरै मल आपूर्ति

समाचार सारांश
Auto Generated by AI
  • चालु आर्थिक वर्षमा अहिलेसम्म ५ लाख ५८ हजार मेट्रिक टन रासायनिक मल आपूर्ति भइसकेको छ।
  • कुल आपूर्तिमध्ये ४ लाख ६८ हजार मेट्रिक टन मल किसानलाई वितरण गरिएको मन्त्रालयले जनाएको छ।
  • धान बालीको सिजनमा मलको अभाव हुन नदिन सरकारले नियमित अनुगमन र थप आपूर्ति गरिरहेको छ।

काठमाण्डाै – कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालू आर्थिक वर्षको अहिलेसम्म ५ लाख ५८ हजार मेट्रिक टनभन्दा धेरै रासायनिक मल आपूर्ति भइसकेको दाबी गरेको छ ।

राष्ट्रियसभाको आजकाे बैठकमा प्रश्नोत्तर कार्यक्रममा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै कृषिमन्त्री गीता चौधरीले यस्तो दाबी गर्नुभएको हो । उहाँकाअनुसार ५ लाख ५८ हजार ५२२ मेट्रिक टन मल आपूर्ति भएकोमा त्यसमध्ये ४ लाख ६८ हजार १६ मेट्रिक टन मल किसानलाई वितरण गरिएकाे छ ।

अहिले १ लाख ३८ हजार ८०२ मेट्रिक टन मल मौज्दात रहेको र चालू आर्थिक वर्षको असार मसान्तसम्म झन्डै ६ लाख मेट्रिक टन मल किसानलाई अनुदानमा उपलब्ध गराउने लक्ष्य रहेको उहाँको भनाइ छ ।

मन्त्री चाैधरीले आउँदो धान बालीको सिजनलाई लक्षित गर्दै मल अभाव हुन नदिन मल आपूर्तिकर्तासँग भएका सम्झौता कार्यान्वयनका लागि नियमित ताकेता भइरहेको बताउनुभयो । साउनसम्म झन्डै ९० हजार मेट्रिक टन मल भित्रिने सरकारको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

चिकित्सक सङ्घको आह्वानमा आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णयविरूद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

शिक्षकले नै एमबीएसको प्रश्नपत्र ‘आउट’ गरेको खुलासा

वाणिज्य विभागद्वारा एक वर्षमा झण्डै ४५ सय फर्म अनुगमन

आज हरिशयनी एकादशी मनाइँदै

- Advertisement -spot_img
-Advertisement-spot_img