कृषि उत्पादनदेखि बजारीकरणसम्म सहयोगः हेफर इन्टरनेशनल र शहिद परिवार समाज नेपालद्वारा लुङ्ग्री सहकारीलाई सामग्री हस्तान्तरण

समाचार सारांश
Auto Generated by AI
  • हेफर इन्टरनेशनल र शहिद परिवार समाजले रोल्पाको लुङ्ग्रीस्थित महिला सहकारीलाई कृषि तथा उद्यम प्रवर्द्धन सामग्री हस्तान्तरण गरेका छन्।
  • कोदो प्रशोधन र भण्डारणसहितका मेसिन र आवश्यक सामग्रीले किसानको उत्पादन व्यवस्थापन र बजारीकरणमा सहजता ल्याउने अपेक्षा गरिएको छ।
  • यस कार्यक्रमले ग्रामीण महिलाहरूको आर्थिक सशक्तीकरण गर्दै स्थानीय स्तरमा दिगो जीविकोपार्जनमा टेवा पुर्‍याउने लक्ष्य लिएको छ।

हृदय भुसाल बुटवल  । हेफर इन्टरनेशनल परियोजना र शहिद परिवार समाज नेपालको साझेदारीमा सञ्चालित कार्यक्रम अन्तर्गत लुङ्ग्री गाउँपालिका स्थित लुङ्ग्री गाउँ पालिका रोल्पामा  सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड लाई कृषि तथा उद्यम प्रवर्द्धनमा सहयोग पुग्ने विभिन्न सामग्री एक कार्यक्रमका बीच  हस्तान्तरण गरिएको छ।
सहकारी संस्थाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कोदो प्रशोधन तथा भण्डारण व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले कोदो फल्ने (थ्रेसिङ) मेसिन, बोरा सिलाउने मेसिन, कोदो भण्डारण गर्ने बोरा, तरकारी संकलन तथा ढुवानीका लागि आवश्यक बोरा लगायतका सामग्री हस्तान्तरण गरिएको हो।
कार्यक्रम  सहकारी संस्थाकी अध्यक्ष भूमिका बिष्टले अध्यक्षता, लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरत थापा प्रमुख अतिथित्यता रहेको थियो । कार्यक्रममा  गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लेपेन्द्र बिष्ट, विभिन्न वडाका वडा अध्यक्षहरू, शहिद परिवार समाज नेपालका अध्यक्ष विशाल खड्का, परियोजना प्रमुख काशीराम शर्मा, लेखा अधिकृत गणेश खड्का, बजार सहजकर्ता टुकमली बिष्ट लगायतको आतिथ्यता रहेको थियो। कार्यक्रममा सहकारीका पदाधिकारी, समूहका सदस्य तथा स्थानीय कृषकहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एबम गाउँपालिका अध्यक्ष भरत थापाले कृषि उत्पादनको मूल्य अभिवृद्धि, भण्डारण तथा बजारीकरणमा यस्ता सामग्रीले महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। उहाँले स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्दै किसानको आयआर्जन वृद्धि गर्न सहकारीमार्फत सञ्चालन गरिएका कार्यक्रमहरू प्रभावकारी बन्दै गएको उल्लेख गर्नुभयो।
कार्यक्रममा बोल्दै शहिद परिवार समाज नेपालका अध्यक्ष विशाल खड्काले समुदायको आर्थिक सशक्तीकरणका लागि सहकारीमार्फत सञ्चालन गरिएका गतिविधिहरूलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो। उहाँले किसानलाई उत्पादनसँगै प्रशोधन र बजारसँग जोड्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको जानकारी दिनुभयो।
परियोजना प्रमुख काशीराम शर्माले परियोजनाको मुख्य लक्ष्य ग्रामीण महिलाहरूको आर्थिक सशक्तीकरण, कृषि उद्यम विकास तथा दिगो जीविकोपार्जनमा सहयोग पुर्‍याउनु रहेको बताउँदै हस्तान्तरण गरिएका सामग्रीले सहकारीको सेवा प्रवाह तथा उद्यम सञ्चालनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।
सहकारीकी सस्थाका अध्यक्ष भूमिका बिष्टले प्राप्त सामग्रीको अधिकतम सदुपयोग गर्दै सदस्य कृषकहरूको उत्पादन वृद्धि, प्रशोधन तथा बजारीकरणमा सहकारीले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सहयोगका लागि हेफर इन्टरनेशनल परियोजना, शहिद परिवार समाज नेपाल तथा लुङ्ग्री गाउँपालिकाप्रति धन्यवाद ज्ञापन गर्नुभयो।
सहकारीलाई हस्तान्तरण गरिएका सामग्रीहरूले स्थानीय कृषक तथा उद्यमी महिलाहरूलाई उत्पादन व्यवस्थापन, भण्डारण, प्रशोधन तथा बजार व्यवस्थापनमा सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ। यसले स्थानीय स्तरमा उत्पादनशीलता वृद्धि गरी सदस्यहरूको आयआर्जन तथा आर्थिक अवस्थासमेत सुधार गर्न टेवा पुग्ने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै