देशका धेरै ठाउँमा वर्षासँगै गर्मी कम हुँदै

समाचार सारांश
Auto Generated by AI
  • देशभर वर्षा भएसँगै तराई लगायतका क्षेत्रमा गर्मी हटेको छ।
  • भोलि र पर्सि केही ठाउँमा ठूलो वर्षा हुने भएकाले सतर्क रहन आग्रह गरिएको छ।
  • केही दिनभित्रै नेपालमा मनसुन भित्रिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाण्डौ – देशका धेरैजसो ठाउँमा पानी परेसँगै तराई लगायत सबैजसो ठाउँमा गर्मी घटेको छ । हिजोसम्म सुदूरपश्चिमको तराईमा तातो दिन भएकोमा राति पानी परेपछि गर्मी केही कम भएको हो ।

आज र भोलि पनि पानी पर्ने भएकाले भोलिसम्म कतै पनि तातो दिन नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएको ६ घण्टामा सबैभन्दा बढी मधेश प्रदेशको बारामा ६३ दशमलव ४ मिलिमिटर वर्षा भएको छ ।

यसै गरी चितवन, तनहुँ, मकवानपुर, धनुषा, बर्दिया, काठमाण्डौ लगायतका ठाउँमा मध्यम वर्षा भएको छ । आज देशभर बदली भई कोशी, बागमती गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भाग तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागको एक/दुई ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।

भोलि र पर्सि देशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । साथै अबको केही दिनमा नेपालको पूर्वी भागबाट मनसुन नेपालमा प्रवेश गर्ने पनि महाशाखाले जनाएको छ । भारतमा जुन ४ मा मनसुन प्रवेश गरेकाले नेपालमा पनि ३/४ दिनमै मनसुन प्रवेश गर्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

चिकित्सक सङ्घको आह्वानमा आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णयविरूद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

शिक्षकले नै एमबीएसको प्रश्नपत्र ‘आउट’ गरेको खुलासा

वाणिज्य विभागद्वारा एक वर्षमा झण्डै ४५ सय फर्म अनुगमन

आज हरिशयनी एकादशी मनाइँदै

- Advertisement -spot_img
-Advertisement-spot_img