कागजको खोस्टामै सीमित भूमिकास्थानका निर्णय, कार्यान्वयनमा शून्य

समाचार सारांश
Auto Generated by AI
  • भूमिकास्थान नगरपालिकाले गरेका निर्णयहरू कागजमा मात्र सीमित हुँदा स्थानीय स्तरमा प्रश्न उठेको छ।
  • आइतबार विद्यालय खोल्ने र सडकका सामग्री हटाउने निर्णय कार्यान्वयन हुन सकेको छैन।
  • स्थानीयवासीले निर्णयको प्रभावकारी कार्यान्वयन र अनुगमन गर्न नगरपालिकालाई माग गरेका छन्।

टेकराज भुसाल अर्घाखाँची ।  भूमिकास्थान नगरपालिकाले विभिन्न समयमा सार्वजनिक सरोकारका विषयमा निर्णय र सूचना जारी गर्दै आएको भए पनि ती निर्णयहरू व्यवहारमा भने कार्यान्वयन हुन नसकेको भन्दै स्थानीय स्तरमा प्रश्न उठ्न थालेको छ।

नगरपालिकाले जारी गरेका पत्रहरू हेर्दा निर्णय र निर्देशनहरू कागजमा मात्रै सीमित भएको देखिएको छ।

नगरपालिकाले शुरुमा विद्यालयहरूलाई सम्बोधन गर्दै नियमित पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको थियो उक्त पत्रमा शैक्षिक सत्रमा नियमित अध्ययन–अध्यापन प्रभावकारी बनाउन आइतबार समेत विद्यालय सञ्चालनलाई निरन्तरता दिने निर्णय गर्याे उक्त निर्णय कार्यान्वयन नै भएन विद्यालयहरु आइतबार बन्द नै रहे त्यसैगरी नगरपालिकाले सार्वजनिक स्थान, सडक छेउ, चोक, खुल्ला क्षेत्र तथा बजार क्षेत्रमा राखिएका निर्माण सामग्री, काठ, दाउरा तथा व्यापारिक सामग्री हटाउन सूचना जारी गरेको थियो। सार्वजनिक आवागमनमा अवरोध पुगेको भन्दै यस्ता सामग्री तत्काल हटाउन र अटेर गरे कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको थियो।

तर सूचना जारी भएको लामो समय बितिसक्दा पनि नगरका विभिन्न बजार, सडक किनारा तथा सार्वजनिक क्षेत्रहरूमा निर्माण सामग्री, काठ तथा व्यापारिक सामान यथावत् देखिनुले नगरपालिकाको निर्णय कार्यान्वयन क्षमतामाथि प्रश्न खडा गरेको छ। सूचनामा कारबाहीको चेतावनी दिइए पनि व्यवहारमा भने कुनै भूमिका देखिएन।

स्थानीयवासीहरूका अनुसार नगरपालिकाले पटक–पटक पत्र र सूचना जारी गर्ने, तर त्यसको प्रभावकारी कार्यान्वयन तथा अनुगमन नगर्ने प्रवृत्ति बढ्दै गएको बताएका छन् । यसले नगरपालिकाका निर्णयहरू केवल औपचारिकता पूरा गर्न जारी गरिएका कागजी दस्तावेज मात्रै हुन् भन्ने सन्देश भएको उनीहरूको भनाइ छ।

जनप्रतिनिधि र कर्मचारी संयन्त्रले निर्णय गर्ने मात्र होइन, त्यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नुपर्ने स्थानीयको माग छ। अन्यथा नगरपालिकाबाट जारी हुने निर्णय, निर्देशन र सूचनाहरू “कागजको खोस्टामा मात्रै सीमित” हुने र जनताले त्यसको प्रत्यक्ष लाभ नपाउने अवस्था कायम रहने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै