रास्वपा अर्घाखाँचीको नयाँ नेतृत्वका लागी निर्वाचन हुँदै

समाचार सारांश
Auto Generated by AI
  • राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीको जिल्ला अधिवेशन सन्धिखर्कमा सम्पन्न भएको छ।
  • सभापति हरि भुसालले पार्टीलाई जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
  • नयाँ नेतृत्व चयनका लागि सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रिया सुरु भएको छ।

हृदय भुसाल अर्घाखाँची, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशन एक कार्यक्रमका सन्धिखर्कमा उद्घाटन कार्यक्रम बीच सम्पन्न भएको छ। अधिवेशनको उद्घाटन प्रतिनिधिसभा सदस्य तथा जिल्ला सभापति हरि भुसालले गर्नुभएको थियो।
अधिवेशनलाई सम्बोधन गर्दै भुसालले पार्टी र सरकारप्रति जनतामा देखिएको आशा, भरोसा र विश्वासलाई कुनै पनि हालतमा टुट्न नदिने गरी जिम्मेवार ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले पार्टीलाई अझ सशक्त, व्यवस्थित र जनउत्तरदायी बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याउँदै जिल्ला अधिवेशनको भव्य सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो।
अधिवेशनमा विभिन्न पदका लागि सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिए पनि सहमति हुन नसकेपछि निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गर्न उम्मेदवारी दर्ता गरिएको रास्वपाले जनाएको छ।
प्राप्त जानकारी अनुसार सभापति पदका लागि सिता पराजुली, दिनेश सुनार विक र महेन्द्र देवकोटा उम्मेदवार बन्नुभएको छ। उपसभापति पदमा सहयोग बिसि र  कमल मरासिनी,सचिव पदमा चिरञ्जीवी सुनार र सूर्य पौडेल तथा सह–सचिव पदमा लक्ष्मण मल्लले उम्मेदवारी दर्ता गराउनुभएको छ।
त्यसैगरी दलित सदस्य पदमा सिता सुनार, जनजाति सदस्य पदमा बाबुराम रानामगर तथा महिला सदस्य पदमा रमा पौडेल घर्ती र सरोजी भारती उम्मेदवार रहनुभएको छ। अन्य सदस्य पदमा केशव भुसाल, दिलबहादुर मल्ल, मातृका घर्ती, रामप्रसाद पौडेल, नारायण पौडेल, लक्ष्मण सुनार, नारायण पौडेल, विशाल खत्री, प्रमोद सुनार र लक्ष्मी राम घर्तीले उम्मेदवारी दर्ता गराउनुभएको छ।
पार्टीका अनुसार अधिवेशनबाट नयाँ नेतृत्व चयन भई संगठनलाई अझ प्रभावकारी र सुदृढ बनाउने अपेक्षा गरिएको छ । नयाँ नेतृत्व चयनका लागी निर्वाचन प्रक्रिया अगाडी बढीसकेको निर्वाचन संयोज प्रकाश बेल्वासेले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै