नेपालका किशोर–किशोरीमा विद्युतीय चुरोटको लत डरलाग्दो

समाचार सारांश
Auto Generated by AI
  • नेपालका किशोरकिशोरीमा भेप र हुक्काको लत बढ्दो छ।
  • सर्वेक्षणमा १८.७ प्रतिशत विद्यार्थीले सुर्तीजन्य वस्तु प्रयोग गर्ने गरेको भेटिएको छ।
  • यस्तो लतले गम्भीर रोग निम्त्याउने भएकाले नियन्त्रणका लागि नीति आवश्यक छ।

काठमाण्डौ – नेपालमा गरेको एउटा अध्ययनले सानै उमेरका किशोरकिशोरीहरूमा विद्युतीय चुरोट वा भेपको लत बढ्दै गएको देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को यूथ टोबाको सर्भे २०२५ अनुसार परम्परागत चुरोट र सुर्तीबाहेक नयाँ किसिमका जोखिम पनि बढेका छन् ।

सर्वेक्षण प्रतिवेदनमा किशोरकिशोरीमा शीशा र हुक्काजस्ता हानिकारक पदार्थले पनि प्रभाव पारिरहेको उल्लेख छ । परिषद्ले देशका सातै प्रदेशका ५० वटा विद्यालयका ३ हजारभन्दा धेरै विद्यार्थीमाझ एक वर्ष लगाएर सर्वेक्षण गरेको हो ।

कक्षा ७ देखि १० सम्मका विद्यार्थी सहभागी सर्वेक्षणमा १८.७ प्रतिशतले सुर्तीजन्य वस्तुको प्रयोग गरेको पाइएको छ, जसमा परम्परागत पदार्थको तुलनामा विद्युतीय चुरोट, हुक्का र शीशाको प्रयोगको प्रवृत्ति दोब्बर रहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सुर्तीजन्य वस्तुको प्रयोगले क्यान्सर, मधुमेह, श्वासप्रश्वास र मुटुरोगजस्ता नसर्ने रोग निम्त्याउनुका साथै चाँडो ज्यान जाने र उच्च सामुदायिक स्वास्थ्य भार थप्छ । हुर्कँदो उमेरमा सुर्तीको लत अत्यन्त हानिकारक हुने भएकोले चिकित्सकहरूले नियन्त्रणका उपाय र उपयुक्त नीति निर्माणको सुझाव दिएका छन् । स्रोत उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णयविरूद्ध अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

शिक्षकले नै एमबीएसको प्रश्नपत्र ‘आउट’ गरेको खुलासा

वाणिज्य विभागद्वारा एक वर्षमा झण्डै ४५ सय फर्म अनुगमन

आज हरिशयनी एकादशी मनाइँदै

ठूलो पानी पर्ने क्रम घट्दै

- Advertisement -spot_img
-Advertisement-spot_img